निर्मला हत्या प्रकरणः डीअार्इजी धिरु बस्नेतको नेतृत्वमा अर्काे छानबिन समिति गठन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 16, 2018

निर्मला हत्या प्रकरणः डीअार्इजी धिरु बस्नेतको नेतृत्वमा अर्काे छानबिन समिति गठन

राजधानी समाचारदाता, काठमाडौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन गर्न अर्काे ‘शक्तिशाली’ समिति गठन गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्काे समिति गठन गरिएको हो ।

निर्मला हत्याकाण्डमा मुलुकभर आन्दोनल भएपछि सरकारलाई दवाव परेको छ भने । पूर्व सुरक्षाविदहरुले कञ्चनपुर घटनालाई नेपाली प्रहरीको इतिहासमा ‘कालो घटना’ भनेर टिप्पणी गरेका छन् ।

यहि घटनाका सन्दर्भमा अनुसन्धानमा हेलचेक्रयाई गरेको भन्दै सरकारले पाँच प्रहरीलाई निलम्बन गरिसकेको छ । बलात्कारपछि हत्यामा संलग्न ब्यक्तिलाई बचाउन प्रहरीले घटनाको प्रमाण मेटाउन भुमिका खेलेको आरोप लाग्दै आएको छ ।



from Rajdhani Daily https://ift.tt/2xlCyUA

No comments:

Post a Comment

Post Bottom Ad

Pages