आफ्नै बाचा तोड्दै साउदी अरब पुगे पाकिस्तानी प्रधानमन्त्री - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

आफ्नै बाचा तोड्दै साउदी अरब पुगे पाकिस्तानी प्रधानमन्त्री

४ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पहिलो विदेश भ्रमणका क्रममा साउदी अरब पुगेका छन् र राजा सलमानलाई भेटेका छन् ।

अब उनी संयुक्त अरब इमिरेट्स (यूएई) जानेछन् । प्रधानमन्त्री भएपछि इमरानले तीन महिना विदेश नजाने बचा गरेका थिए तर, बचन तोड्दै साउदी पुगेका हुन् ।

आखिर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो बचन किन उल्लंघन गरे ? खान भन्छन्, ‘मलाई तीन महिनासम्म पाकिस्तान बाहिर जानु थिएन । साउदीका राजा सलमानले मलाई आमन्त्रित गरे, त्यसैले आउनुपर्‍यो ।’

‘त्यसै पनि जब पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्छन्, पहिलो विदेश भ्रमण साउदी अरबमै गर्छन् । सबै मुसलमानको मनमा साउदीको विशेष स्थान छ ।’

प्रधानमन्त्री खानले पाकिस्तान साउदीका राजा सलमानको साथमा रहेको र कुनै पनि देशलाई आक्रमण गर्न नदिने बताए । साउदीको नेतृत्वमा यमनमाथि भइरहेको आक्रमणमा पाकिस्तानको धारणाबारे सोधिएको प्रश्नमा उनले भने, ‘पाकिस्तान यसमा मध्यस्थताको भूमिका निभाउन चाहन्छु ।’



from Online Khabar https://ift.tt/2xqmphz

No comments:

Post a Comment

Post Bottom Ad

Pages