नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह एकाएक चलचित्र रिलिजको अन्तिम क्षणमा अवार्डमा सहभागी हुने भन्दै जापान उडेपछि यसकी निर्देशक रेनशा वान्तवा राई असन्तुष्ट बनेकी छिन् । रेनशाले, साम्राज्ञीले प्रचारको अन्तिम समयमा जापान उड्ने निर्णय लिदा आफूहरुलाई प्रचारमा असहयोग भएको वुझेकी छिन् । यसैले पनि अहिले रेनशा साम्राज्ञीले यो निर्णय लिएकोमा आफू दुखी भएको बताइरहेकी छिन् ।
तर, पनि रेनशाले साम्राज्ञी विदेश गएपनि आफू र नायक धिरज मगर भएर प्रचारलाई अगाडि बढाएको बताएकी छिन् । रेनशा अहिले चलचित्र प्रचारका क्रममा धिरजलाई प्रमोशन गर्नमा व्यस्त छिन् ।
जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’मा साम्राज्ञीलाई ‘सुर्य पपलुर नायिका’को अवार्ड दिइएको थियो । यो अवार्ड उनलाई दर्शकको भोटको आधारमा नभई आयोजकले दिएको हो ।
यसैले पनि साम्राज्ञी यो अवार्डका लागि विदेश तछाडमछाड गरेर जानुको औचित्य खासै नभएको वुझाई ‘इन्टु मिन्टु लण्डनमा’को टिमको छ । असोज ५ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले अहिले राम्रो हाइप पाइरहेको छ ।
from Online Khabar https://ift.tt/2Oxt6EZ
No comments:
Post a Comment