महेशको ‘सडक २’मा संजय दत्तसँगै आलिया - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

महेशको ‘सडक २’मा संजय दत्तसँगै आलिया

बलिउडमा केही समयदेखि चर्चित निर्देशक महेश भट्टले ‘सडक २’ बनाउन लागेको चर्चा चलिरहेको थियो । अन्ततः यो चर्चालाई सही सावित गर्दै भट्टले ‘सडक २’ निर्माणको घोषणा गरेका छन् ।

महेश भट्टले एक भिडियो सार्वजनिक गर्दै चलचित्र बन्न लागेको जानकारी दिएका हुन् । यो चलचित्रमा ‘सडक’का हिट जोडी संजय दत्त र पूजा भट्टले काम गर्ने पक्का भएको छ ।

यस्तै, बलिउडका यूवापुस्ताका दुई चर्चित कलाकार पनि यो चलचित्रमा हुनेछन् । भट्टले आफ्नी छोरी आलिया भट्टलाई पनि ‘सडक २’मा मुख्य भूमिकामा काम गराउँदैछन् । साथमा नायक आदित्य राय कपुर चलचित्रको मुख्य भूमिकामा हुनेछन् ।

२० बर्षपछि चलचित्र निर्देशनमा फर्किएका भट्टले सन् २०२० को मार्च २५ मा ‘सडक २’ रिलिज हुने घोषणा समेत गरेका छन् । मुकेश भट्टले यो चलचित्र निर्माण गर्दैछन् ।



from Online Khabar https://ift.tt/2xs7CTt

No comments:

Post a Comment

Post Bottom Ad

Pages