बुद्धवीर एकल साँझमा गुन्जिए कलाकार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 16, 2018

बुद्धवीर एकल साँझमा गुन्जिए कलाकार

 

राजधानी समाचारदाता/काठमाडौं।

आफ्ना गीतहरूको आठौं एकल सांगीतिक साँझका रूपमा गीतका बुद्धवीर लामा प्रस्तुत भएका छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार साँझ उनको एकल साँझ आयोजना गरियो ।

गीतकार लामाले लेखेका एक दर्जनभन्दा बढी गीत संगीत विभिन्न कलाकारले एकल साँझमा प्रस्तुत गरे । एकल साँझमा अग्रज गायक शम्भु राईले चलेछ बतास सुस्तरी…, र यो मन भन्छ कहाँ जाऊँ…, गाउँदा दर्शकले निरन्तर तालीले साथ दिए । गायक यम बरालले बादलुको घुम्टोले…, कुन्ती मोक्तानले म त हिँड्छु मेरै बाटो…गाउँदा पनि दर्शकदीर्घाबाट ताली गुन्जिरह्यो ।

यस्तै गायिका अपेक्षा बस्न्यातले आमा तिम्रो माया…, कहाँ छ त्यो बालअधिकार…, नारायण लामाले त्छो रोल्पा ताल…, पार्वती राईले खोटाङ हलेसी…गीत सुनाए । गायिका सत्यकला राईले भेटौंला मायालु इन्टरनेटमा…र तिमीलाई हङकङ पु¥यायो…गीत गाएर सांगीतिक साँझको रौनक बढाइन् । यी सबै गीतहरु बुद्धवीरले नै रचना गरेका हुन् ।

एकल साँझलाई भुवन लामाको हास्यव्यंग, साधना कलाकेन्द्रका कलाकारको नृत्यले अझ मोहक बनाएको थियो । विभिन्न स्कुलका विद्यार्थीले कार्यक्रममा नृत्यसमेत प्रस्तुत गरे ।

बुद्धवीर लामाद्वारा रचित गीतको संग्रह एल्बम ‘आमा तिम्रो माया’ को समेत कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले विमोचन गरे । यो एकल साँझबाट संकलित रकममध्येबाट खर्च कटाएर बचेको रकम ज्येष्ठ नागरिक नर्सिङ स्याहार केन्द्र फर्पिङ, पवित्र बाल उत्थान केन्द्र चाबहिल र बैकुण्ठ मानन्धर स्पोर्ट्स फाउन्डेसन काठमाडौंलाई प्रदान गरियो ।

कार्यक्रममा ‘स्रष्ठा सम्मान २०७५’ बाट गीतकार इश्वर श्रेष्ठ, डेउडा गायक नन्दकृष्ण जोशी, साहित्यकार प्रतीक ढकाललाई प्रदान गरियो । कार्यक्रममा विभिन्न विधामा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

 



from Rajdhani Daily https://ift.tt/2MA5VrR

No comments:

Post a Comment

Post Bottom Ad

Pages