साताको पहिलो दिन शेयर बजार बढ्यो, व्यवसायी उत्साहित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 16, 2018

साताको पहिलो दिन शेयर बजार बढ्यो, व्यवसायी उत्साहित

राजधानी समाचारदाता, काठमाडौ । साताको पहिलो दिन आइतबार पनि शेयर बृद्धिले निरन्तरता पाएको छ । कारोबार रकम र नेप्से सूचक दुवैमा लगातार वृद्धि भइरहँदा लगानीकर्ता थप उत्साहित देखिएका हुन् । दैनिक औसत २० करोडमा खुम्चिएको कारोबार रकम झन्डै १ अर्ब नजिक पुगेको छ ।

आइतबार बजार खुलेदेखि नै नेप्सेमा चहलपहल निकै बढेको थियो । सूचकमा दोहोरो अंकको आकर्षक बढोत्तरी भयो । यद्दपि, बजार बढिरहँदा पनि सूचक भने यस दिन अलि अस्थिर देखियो । सूचक तलमाथि गरिरहेन प्रवृत्ति अलिबढी नै हावी भयो ।

छोटो समयमै केही निश्चित कम्पनीहरुको सेयर भाउ राम्रैसँग बढेकाले मौकाको फाइदा लिनेहरु पनि उत्तिकै सक्रिय देखिएका छन् । महिनाको अन्तिम दिन भएकाले पनि विशेषगरी संस्थागत लगानीकर्ता र सामूहिक लगानी कोषहरु अलि बढी सक्रिय भएको अनुमान छ ।

नेप्से सूचक ११.६९ अंकले बढेर १२५६.५३ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.९४५ ले माथि लागेको हो । १६६ कम्पनीको ९१ करोड ५२ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ३० लाख ७० हजार २३१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार भएका १० वटै समूहको सूचक बढेका छन् । जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ४८.५ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १३.७१ अंकले माथि लागेको छ ।
कारोबार रकममा एनएमबि बैंकले अग्रता लिएको छ । एनएमबिको ७ करोड १४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र कुमारी बैंक परेका छन् ।



from Rajdhani Daily https://ift.tt/2xeiXGv

No comments:

Post a Comment

Post Bottom Ad

Pages