दुई युवतीलाई करणी गरेपछि खुल्यो डाक्टरको पोल, प्रेमिकासँग मिलेर एकपछि अर्को अपराध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

दुई युवतीलाई करणी गरेपछि खुल्यो डाक्टरको पोल, प्रेमिकासँग मिलेर एकपछि अर्को अपराध

गत सेप्टेम्बर १२ मा अमेरिकाको क्यालिफोर्निया बस्ने एक डाक्टर दुई युवतीलाई लठ्याएर बलात्कार गरेको आरोपमा पक्राउ परे । उनलाई यस कर्ममा प्रेमिकाले समेतले सघाएको फेला पर्यो ।

मंगलबार अधिकारीहरुले हजारौं महिलाहरु यी दुईको जबरजस्ती यौनक्रियाको सिकार भएको हुन सक्ने बताएका छन् ।  अहिले डाक्टर र उनकी प्रेमिका प्रहरी हिरासतमा छन् ।

यी दुई आरोपीहरु ग्रान्ट रोविचेओक्स ३८ वर्षे हाडजोर्नी सर्जन हुन् भने उनलाई यस अपराधमा सघाउने युवती ३१ वर्षीया सेरिसा लउरा रिले हुन् । उनीहरुलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको, एनेस्थेसिया (अप्रेसन गर्नु अघि बेहोस पार्ने औषधि) दिएर बेहोसी अवस्थामा मुखमैथुन गराएकोलगायतका आरोप लागेको छ । 

अनुसन्धानको क्रममा प्रहरीले ग्रान्टको मोबाइलमा हजारौं फोटो र भिडियोहरु भेटेका छन् जसमा उनी फरक फरक महिलाहरुसँग यौन क्रियारत देखिन्छन् । प्रहरीका अनुसार धेरैजसो फोटोहरुमा ग्रान्टको प्रेमिका राइलीलाई पनि देखिन्छ ।

अमेरिकी समाचार एजेन्सी एबीसी न्युजले अनुसन्धानमा जोडिएका वकिललाई उल्लेख गर्दै उनीहरुको कृत्यबाट हजारजना भन्दा धेरै शिकार हुन सक्ने जिनाएको छ ।

“केही भिडियोमा देखिएका महिलाहरु हलचल गर्न नसक्ने गरि औषधिको प्रभाव देखिन्छन् । उनीहरु आरोपीहरुको यौन कार्यको समर्थन वा विरोध गर्ने अवस्थामा छैनन् ,” घटना भएको ओरेन्ज काउन्टीका डिस्ट्रिक्ट अटर्नी टोनी र्याकोकसले भने ।

टोनीले टिभी कार्यक्रम ‘अनलाइन डेटिङ् रिचुअल्स अफ अमेरिकन मेल’मा रोविचेओक्सको सहभागिता रहेको भिडियो देखाएदैं भने ,“आरोपीहरुले आफ्नो आकर्षक अनुहारहरुलाई उसको सम्भावित शिकारमा आउने हिच्कीचाहट कम गर्न प्रयोग गरेको देखिन्छ । उनीहरुको अनुहारका आधारमा पिडितहरुले आफू तुलानात्मक सुरक्षित महसुस गरेको हुनुपर्छ ।”

यसबारे थप बोल्दै उनले भने,“उसको पे्रमिका दाबी गर्ने युवतीको उपस्थितिले गर्दा पनि अन्य महिलाहरुले उसको अगाडि बढी सहज र सुरक्षित महसुस गरेको हुनुपर्छ ।”

यो जोडी कानुनी फन्दामा परेको यो पहिलो पटक भने होइन । सन् २०१६ अक्टोबर २ मा आरोपीहरुले एक अर्को महिलासँग समुन्द्री किनारको बारमा सँगै रक्सी पिएको र पेयपदार्थ सेवन गरिरहँदा युवतीले होस् गुमाएपछि उनीहरुले उनलाई रोबिचेओक्सको कोठामा ल्याएर जबरजस्ती गरेका थिए । त्यो बेला युवती बीचमै जागेर कराएपछि छेउको छिमेकीले प्रहरीलाई फोनपछि उनीहरु पक्राउ परेका थिए ।

यस बाहेक पनि यही वर्षको जनवरीमा यो जोडी गैरकानुनी ड्रग्स राखेको अरोपमा पक्राउ परेका थिए ।

 त्यस अतिरिक्त रोविचेओक्सलाई दर्ता नगरिएको गैरकानुनी दुई राइफल र चार अन्य हतियार र ठूलो सङ्ख्यामा म्यागजिन राखेको आरोप लाग्ने गरेको छ ।

एजेन्सी

source: ratopati.com

No comments:

Post a Comment

Post Bottom Ad

Pages