पैसा, सुनचाँदी, कपडा, गाडी लगायतका चिजहरु चोरी भएका घटना सुन्नमा आइरहन्छन् । तर अमेरिकामा हालै एक व्यक्तिले ३ सय ६२ किलो कागती चोरी गरेको घटना सार्वजनिक भएको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित शेरिफमा यो घटना भएको हो । यतिधेरै कागती किन चोरेको होला एकजना व्यक्तिले ? अझ त्यतिधेरै कागती चोर्ने मानिसको उमेर नै ६९ वर्षको थियो । आखिर ती वृद्ध चोरले त्यतिधेरै कागती चोरेर के गर्ने योजना बनाएका रहेछन् ?
कागती चोरेर लैजाँदै गर्दा पुलिसले उक्त मानिसलाई पक्राउ गर्न सफल भएको छ । साथी चोरी गरेका ३ सय ६२ किलो ताजा कागती पनि पुलिसले बरामद गरेको छ ।
झण्डै चार सय किलो कागती चोर्ने व्यक्तिको नाम फियर्रोस हो । चोरीको आरोपमा ती व्यक्तिलाई जेल चलान गरेको छ ।
अमेरिकामा ३ सय ६२ किलो कागती चोरी भएको घटना यस्तो अनौठो घटना पहिलो भने होइन । यहीँ वर्ष स्पेनमा पुलिसले चोरी गरिएका ४ हजार किलो सुन्तलासहित एउटा कार बरामद गरेको थियो ।
एजेन्सी
from विचित्र संसार – Online Khabar https://ift.tt/2PU9POj
Post Top Ad
Friday, September 21, 2018
चोरले किन चोर्यो ३ सय ६२ किलो कागती ?
Tags
# bichitra khabar
# विचित्र संसार – Online Khabar
Share This
About Unknown
विचित्र संसार – Online Khabar
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals

No comments:
Post a Comment