सुजीतकुमार झा/जनकपुरधाम ।
जनकपुरधाममा फिजियोथेरापी उपचार प्रभावकारी बन्दै गई रहेको छ । रोगीहरुको संख्या बढ्न थालेपछि विभिन्न चोकमा फिजियोथेरापीका क्लिनीकहरु खोलिएका छन् । कम्भर दुखाई , घाँटी दुखाई लगायत ज्वाइन्ट दुखाईको समस्या समाधानका लागि रोगीहरुको पहिलो रोजाई फिजियोथेरापी उपचार बन्दै गई रहेको छ । यसका अतिरिक्त हात खुट्टामा सुनिने, माइग्रेन, स्लिप डिस्क, पक्षघात र बच्चाहरुको मन्दबुद्धि हुनु वा हिँडडुल गर्न समस्या हुने रोगीहरु फिजियोथेरापीको उपचारका लागि आउने गरेको डायनामिक हेल्थ होम भ्रमरपुरा चोक जनकपुरधामका चिकित्सक कुशेश्वर यादवले जानकारी दिएका छन् । नियमित उपचार गराउँदा यी रोगहरुको समस्या समाधान हुने उनले बताए ।
आधुनिक हुँदै गई रहेको समयमा परिवर्तित जीवनशैलीका कारण कयौं रोग लाग्नु सामान्य भई सकेको छ । खानपानको गलत बानीका कारण जहाँ तौल बढ्दै गई रहेको छ । युवाहरु घण्टौंसम्म कम्प्यूटरमा बस्नु, महिलाहरु दिनरात काममा लागेको हुनुले रोगलाई निम्त्याई रहेको हुन्छ ।
व्यायामको माध्यमले मांसपेशीहरुलाई सक्रिय गर्ने कार्य आफूहरु गर्ने गरेको फिजियोथेरापी का चिकित्सक मिथिलेश यादवले बताए । यसमा औषधी सेवन गर्नु पर्दैन त्यसैले यसको साइड इफेक्ट पनि नहुने गरेको उनको भनाई रहेको छ । फिजियोथैरेपीको फाइदा नियमित उपचारले मात्रै सम्भव हुने गरेको चिकित्सकहरुको दावी रहेको छ ।
डा. कुशेश्वरका अनुसार अर्थोपेडिकमा सानो ठूलो अपरेशनपछि फिजियोथेरापी अति आवश्यक रह्ने गरेको छ । फिजियोथेरापी का चिकित्सकहरु बिरामीहरुको उपचार मात्र नभई उचित खानपानको पनि सल्लाह दिने गरेका छन् ।
बाल्यावस्थामै हुने सेरेब्रल पाल्सी नामको मस्तिष्क सम्बन्धि विकारको उपचार पनि फिजियोथेरापीले सहज बनाएको चिकित्सक श्रृजना यादवले बताईन । उनले यो न्यूरोलोजिकल डिसअर्डरका कारण हुने गरेको बताए । यो रोग लागेको बच्चाहरुमा हिडडुल गर्न समस्या हुनु, मुखबाट र्याल आई रह्नु, मस्तिष्क कमजोर हुनु जस्ता लक्षणहरु हुन्छन । सेरेब्रल पाल्सी नामको यो रोगको उपचारका लागि समेत फिजियोथेरापी उपचार सबै भन्दा सहज माध्यम रहेको उनले बताए ।
रोगीहरुको उपचार लेजर, अल्ट्रा साउण्ड र मैन्युअल थेरापीको माध्यमले गर्ने गरिएको चिकित्सक कुशेश्वरले जानकारी दिए । काठमाडौँबाट महिनामा एक पटक जनकपुरधाममा फिजियोथेरापीको शिविर संचालनका लागि आउने गरेका चिकित्सक अनिल महतोले फिजियोथेरापी प्ति जनकपुरधाममा जनचेतना बढेपनि नेपालका अन्य ठूला शहरहरुभन्दा पछि नै रहेको बताए । फिजियोथैरेपीमा एक पटक आईसकेपछि दुखाईका औषधी नै खान छोड्ने गरेको रोगीहरुलाई आफूले देख्ने गरेको बताए ।
फिजियोथेरापीको उपचार जनकपुर अञ्चल अस्पताल र जानकी मेडिकल कलेजमा पनि भई रहेको छ । जानकी मेडिकल कलेजमा समेत उपचार गर्दै आएका डा. कुशेश्वरले मेडिकल कलेजको रमदैया र जनकपुरमा यसको सेन्टर रहेको छ । डायनामिक हेल्थमा मात्रै दैनिक दुई दर्जनभन्दा बढी बिरामीहरु उपचारका लागि पुुग्ने गरेका छन् ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2PYpWKW

No comments:
Post a Comment