एलिजासँग स्वरमा स्वर मिलाएर गाउन चाहन्छन् समुन्द्र - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

एलिजासँग स्वरमा स्वर मिलाएर गाउन चाहन्छन् समुन्द्र

असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘अनुराग’को ‘तिम्रो स्वरमा स्वर मिलाई’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
यो भिडियोमा चलचित्रका मुख्य कलाकार समुन्द्र पण्डितको कन्सर्टलाई देखाइएको छ । चलचित्रमा समुन्द्र सांगीतिक क्षेत्रमा लागेको एक कलाकारको भूमिकामा देखिएका छन् ।

चलचित्रमा समुन्द्रको साथमा एलिजा गौतमको मुख्य भूमिका छ । सार्वजनिक ‘तिम्रो स्वरमा’ बोलको गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र सत्यराज एसआरसीको शब्द छ ।

ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको यो चलचित्रले सांगीतिक प्रेम कथालाई उठान गरेको छ । भरत गौतम र गीता भेटवालको लगानी रहेको चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् । चलचित्रमा टेकेन्द्र शाहको सम्पादन, विक्रम स्वाँर र प्रविण सिंहको कोरियोग्राफी, रामकुमार केसीको छायांकन छ ।



from Online Khabar https://ift.tt/2NVq6VX

No comments:

Post a Comment

Post Bottom Ad

Pages