एक लाख घुससहित वीरगञ्ज महानगरका अधिकृतसहित तीनजना पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

एक लाख घुससहित वीरगञ्ज महानगरका अधिकृतसहित तीनजना पक्राउ

४ असोज, वीरगञ्ज । एक लाखसहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

शिक्षा शाखा अधिकृत (विद्यालय निरीक्षक) मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साह पक्राउ परेका हुन् ।

अरुणलाई लाठगल्लीमा रहेको विसमिल्लाह होटलबाट नियन्त्रणमा लिइएको र अन्य दुईजनालाई महानगरपालिकाको कार्यलयबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

स्थलगत मुचुल्का पछि अख्तियारको कार्यालय हेटौंडा हुँदै उनीहरुलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइने छ ।

फारुक इन्टरनेशनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिने प्रायोजनका लागि १ लाख घुस लिएको स्रोतले जनाएको छ ।



from Online Khabar https://ift.tt/2OGJFOL

No comments:

Post a Comment

Post Bottom Ad

Pages