राजधानी समाचारदाता, कञ्चनपुर । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ । तर, तीनै जनाको रिपोर्ट मेल नखाएको कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले जानकारी दिएका छन् ।
एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट गरिएको थियो । यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको थियो ।
कञ्चनपुबासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेका थिए । प्रहरीले लामो समयसम्म उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन चाहेन । स्थानियको दवाव बढेपछि तीनै जनाको डिएनए टेष्ट गराएको थियो ।
साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । तर, उनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्या अनुसन्धानमा प्रहरीले चासो नदेखाएको बताउदै आएका छन् । मुचुल्कामा समेत प्रहरीले यज्ञराजको नक्कली औंठाछाप प्रयोग गरेको थियो ।
from Rajdhani Daily https://ift.tt/2QjFJE7
No comments:
Post a Comment