‘मानसिक रोगी’माथि कुटपिट प्रकरणः प्रहरीमाथि छानबिन सुरु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

‘मानसिक रोगी’माथि कुटपिट प्रकरणः प्रहरीमाथि छानबिन सुरु

५ असोज, काठमाडौं । काठमाडौंका गोंगबुमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि आन्तरिक छानबिन सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले घटनाबारे चासो देखाएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन भएको छ ।

यसअघि ३ असोजमा प्रहरी मानसिक रोगीमाथि लाठी र बुट बर्साएको भिडियो सार्वजनिक भएको थियो ।

‘भिडियो हेरेपछि यर्थाथ कुरा बुझ्नलाई छानबिन समिति बनाउन महाराजगञ्जका डिएसपीलाई निर्देशन दिएको थिएँ’, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइखबरसँग भने, ‘समिति बनिसकेको छ । यर्थाथ विवरण पत्ता लगाएर प्रतिवेदन पेश भएपछि कारबाही प्रक्रिया अघि बढ्छ ।’

घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी फडिन्द्र प्रसाईंसँग जिज्ञासा राख्दा उनले प्रहरीबाट गल्ती भएको बताउँदै कस्तो कारबाही गर्ने भन्ने विषयमा समितिको निष्कर्ष अनुरुप हुने जनाए ।

‘त्यस्तो गतिविधि फेरि नदोहोरियोस् भनेर सजगता अपनाउन पनि सर्कुलर गरिसकेका छौं’, प्रसाईंले भने, ‘घटनामा मानसिक रोगी भनिएका व्यक्तिले पनि प्रहरीमाथि जाइलागेको देखिएको छ । यद्यपि, मानसिक रोगीलाई त्यसरी पिट्नु गलत हो ।’

के थियो घटना ?

गोंगबुस्थित शिव मन्दिर चोकमा गत सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि कुटपिट गरेका थिए । त्यहाँको एक फेन्सी पसल अगाडि बसेका उनलाई बिहान साढे ६ बजे स्थानीयले हटाउन खाजेका थिए । तर, त्यहाँ पसले र मानसिक रोगीबीच विवाद हुन्छ ।

त्यसक्रममा स्थानीयले उनलाई पिटेर खेदाउन खोज्छन् । त्यसलाई नियालिरहेका एक प्रहरी भने झगडा छुट्टाउनु त कहाँ हो कहाँ उल्टै ती व्यक्तिलाई पिट्न थाल्छन् । ‘मर्निङ वाक’ मा रहेका लेखक दिलनिशानी मगरले यो भिडियो खिचेका थिए ।

हेर्नुस् भिडियो


यो पनि पढ्नुस्

जब पुलिसले ‘मानसिक रोगी’लाई लाठी र बुट बर्सायो



from Online Khabar https://ift.tt/2QKOHLI

No comments:

Post a Comment

Post Bottom Ad

Pages