लाखौंको जडिबुटी बरामद - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

लाखौंको जडिबुटी बरामद

६ असोज, बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानूनीरुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ ।

राष्ट्रिय तथा सामुदायिक वनमा वन डिभिजन कार्यालयबाट निरन्तर अनुगमन नहुँदा ठेकेदार मार्फत मनोमानी गरेकाले जडीबुटीको तस्करी बढेको हो ।

तस्करी बढेको भन्दै स्थानीयवासीले उजुरी गरेपछि कुरुका माने रोकायाले सङ्कलन गरेको करीब रु १६ लाख बराबरको एक हजार १२ किलो ‘सेतक चिनी’ नामको जडीबुटी जङ्गलको बीचमा ढुङ्गाको ओडारमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको उक्त कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले बताए ।

बाजुरालगायत नेपालका नौ वटा जिल्लामा मात्र पाइने यो जडीबुटी ठेकेदार जङ्गवीर बोहराले रातारात लुकाएको र केही जडीबुटी खोलामा बगाएकोे अवस्थामा फेला परेको कोल्टी इलाका वन कार्यालयका प्रमुख रेञ्जर दिलीपकुमार यादवले बताए ।

नेपाली बजारमा मूल्य प्रतिकेजी रु ५०० देखि ७०० सम्म पर्ने यो जडिबुटी यहाँबाट प्रत्येक वर्ष एक लाख १९ हजार केजी सङ्कलन गर्न पाउने गरी अनुमति दिइएको जिल्ला वन कार्यालयले जनाएको छ ।

यो जडीबुटी सङ्कलन गरेबापत ठेकेदारले प्रतिकेजी रु पाँच राजश्व तिर्नुपर्ने हुन्छ । यसको माग बढेसँगै मनोमानीरुपमा सङ्कलन पनि बढ्दै गएको र लगातार जडीबुटी सङ्कलनले वन नै सखाप भएकाले यसलाई बन्द गराउनका लागि उक्त कार्यालयमा ज्ञापनपत्र बुझाइएको हिमाली जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर थापाले बताए ।

तस्करले वनका कर्मचारीको मिलोमतोमा कर्णालीको बाटो भएर भारत र हुम्लाबाट चीनतिर पठाउनेसमेत गरको आरोप लगाउँदै उनले भने, ‘सेतक चिनी, भुल्तेलगायत बहुमूल्य जडीबुटी पनि अवैधरुपले जिल्ला बाहिर निकासी हुँदा पनि सम्बद्ध निकायले बेवास्ता गरेको गर्दै आएको थियो।’
रासस



from Online Khabar https://ift.tt/2QSKzZY

No comments:

Post a Comment

Post Bottom Ad

Pages