प्रधानमन्त्रीले बेचे आठवटा भैँसी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

प्रधानमन्त्रीले बेचे आठवटा भैँसी

राज्यको ढुकुटी बलियो पार्न तथा फजुल खर्च रोक्नका लागि प्रधानमन्त्रीले हामीकहाँ के के काम गरिरहेका छन् ? सायद ढुकुटी भर्नतिर भन्दा पैसा सक्नतिर नै सबैको ध्यान छ जस्तो लाग्छ । उता पाकिस्तानमा भने नवनिर्वाचित प्रधानमन्त्रीले अनावश्यक खर्च कटौतीमा तहल्का मच्चाइरहेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले हालै प्रधानमन्त्री निवासमा पालिएका ८ वटा भैँसी बेचेका छन् ।

पूर्वप्रधानमन्त्री नवाज सरिफको कार्यकालमा खरीद गरी पालिँदै आएका भैँसी नयाँ प्रधानमन्त्री इमरान खानले बिक्री गरी राज्यकोषमा रकम जम्मा गरेका हुन् ।

केहीदिन अघिमात्रै खानले प्रधानमन्त्री निवासमा रहेका केही कारहरु पनि लिलाम गरिदिएका थिए ।

ती ८ वटा भैँसीको बिक्रीबाट झण्डै २२ लाख रुपैयाँ उठेको छ । यसअघि बुलेटप्रुफ कारको लिलामीबाट झण्डै सात करोड रुपैयाँ बराबरको रकम उठाएर प्रधानमन्त्रीले राज्यकोषमा दाखिला गरेका थिए ।

प्रधानमन्त्रीले बिक्री गरेका भैँसीमध्ये केही भैँसी पूर्वप्रधानमन्त्री नवाज सरिफका समर्थकले खरीद गरेका छन् । डेरी व्यवसाय गर्ने एकजना सरिफ समर्थकले आफूले नवाजप्रतिको प्रेमका कारण भैँसी किनेको र मौका पाएमा नवाज सरिफलाई ती भैँसी उपहार दिने बताएका छन् ।

प्रधानमन्त्री निवासका भैँसी खरीद गर्नका लागि मानिसहरुले लिलामीमा चर्को बोली लगाएका थिए । जसका कारण भैँसीहरु सामान्य मूल्यभन्दा कैयन् धेरै महंगोमा बिकेका छन् ।

एजेन्सी



from विचित्र संसार – Online Khabar https://ift.tt/2DIiMcg

No comments:

Post a Comment

Post Bottom Ad

Pages