अवैध घरेलु मदिरा नष्ट - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

अवैध घरेलु मदिरा नष्ट

राजधानी संवाददाता/जुम्ला ।

जुम्लामा व्यापक  प्रयोग भइरहेको घरेलु मदिरा नियन्त्रण विरुद्ध प्रहरीले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । छुकिछिपि प्रयोग गर्दै आईरहेको मदिरा प्रयोग न्युनिकरणमा प्रहरीको अपे्रसन एकपछि अर्को गर्दै सफल भइरहेको छ ।

चन्दननाथ नगरपालिका ६ मा लुकिछिपि प्रयोग भईरहेको र  गाउँ नै दुगन्धित बन्दै गएको गुनासो बढ्दै गएपछि  प्रहरीले छापा मारेर बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ । सो क्रममा ६० लिटर मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ । साथै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नियन्त्रणमा लिई नष्ट गरेको प्रहरीले जनाएको त ।

जिल्लामा घरेलु मदिराका कारण हिंसा तथा हत्याका घटना बढ्दै जान थालेको भन्दै प्रहरीले मदिरा विरुद्धको अभियानलाई निरन्तरता दिइरहेको छ । विषेशगरी सदरमुकाम खलंगामा अवैधरुपमा उत्पादन हुने गरेको मदिरा जिल्लामा गाउँ गाउँमा लुकिछिपी प्रयोग हुने गरेको छ । यसअघि तातोपानी गाउँपालिका – ५ लाम्रागाउँमा रहेको प्रहरी चौकी हाँकुले पनि पटक पटक गरेर ६ सय लिटर अवैध मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  प्रहरी निरीक्षक प्रकाश केसीले प्रहरीले थालेको मदिरा विरुद्धको अभियान प्रभावकारी बन्दै गएको बताए । उनले सवारी साधन, मोटरसाईकल लगायात यातायातका साधनबाट पनि मदिरा गाउँमा पुग्ने गरेकाले यसलाई पनि न्युनिकरण गर्दै जाने बताए ।

यस्तै जिल्लाामा मदिराका कारण हिंसाका घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि गत १ भदौदेखि मदिरा विरुद्धको अभियान सञ्चालन गरेको छ । अहिले  सदरमुकाममा राती आठ बजेपछि होटलले मदिरा बिक्री वितरणमा कडाई गरेको छ ।

प्रहरी निरीक्षक केसीका अनुसार  मदिरा उत्पादन र बिक्री वितरणलाई निरुत्साहित गर्नको लागि नागरिकको पनि सहयोग आवश्यक रहेको छ । जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको मदिरामा स्थानीय उत्पादन गहु, जौँ, चामलको प्रयोग भइरहेको पाइएको छ ।

 



from Rajdhani Daily https://ift.tt/2NwogeT

No comments:

Post a Comment

Post Bottom Ad

Pages