सांस्कृतिक पर्व बन्दै इन्द्रजात्रा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

सांस्कृतिक पर्व बन्दै इन्द्रजात्रा

कृष्णराज गौतम/रासस,काठमाडौं ।

उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महŒवपूर्ण सांस्कृतिक पर्वका रूपमा विकास हुँदै गएकोे छ ।असत्यमाथि सत्यको विजय तथा शत्रु पक्षको पराजयपछि विजय मनाउने पर्वका रूपमा लिइएको जात्रामा फरकफरक समुदायले विशेष संस्कृतिका रूपमा महŒव दिएको पाइएको छ ।हनुमानढोकामा शुक्रबार विधिपूर्वक ३२ हात लामो लिंगोठड्याइएपछि एक सातासम्म इन्द्रजात्रा मनाउने गरिन्छ । लिंगोको फेदमा भैरवको पूजा हुन्छ ।

विभिन्न ध्वजापताकाले सजाइएको लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा गरिएको छ । ध्वजासहितको लिंगो उठाउँदा नेपाली सेनाको ब्यान्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगल धुन बजाएका थिए ।

इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको विश्वास छ । एक सातासम्म चल्ने जात्राक्रममा हनुमानढोकाभन्दा तल्लो तथा माथिल्लो क्षेत्रमा कुमारी, गणेश र भैरव रथजात्रा गरिन्छ । मध्यक्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरेपछि इन्द्रजात्रा सकिन्छ । आगामी सोमबार राष्ट्र तथा सरकार प्रमुखका साथै विदेशी पाहुनाबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवितदेवी कुमारी, गणेश र भैरव दर्शन गर्ने कार्यक्रम छ ।

मुलुकमा बसोवास गर्ने विभिन्न जाति तथा समुदायका मौलिक सांस्कृतिक विविधताले नेपाली संस्कृतिलाई विश्वमा विशिष्ट बनाएको राजनीतिज्ञ तीर्थराम डंगोलले विचार व्यक्त गरे । नेपाली मौलिक परम्परा र संस्कृतिले नेपाली जीवनशैली सभ्य बनाउने विश्वास उनको छ ।इन्द्रजात्रा प्रारम्भअघि राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले सुरु गरेका थिए ।

गणेश, भैरव र कुमारी रथयात्रामा हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित हुने प्रचलन करिब २३५ वर्षको शाहवंशीय परम्परा हुँदै गणतन्त्रात्मक व्यवस्थामा अहिले पनि निरन्तरता पाएको छ ।

काभ्रे नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रूखलाई शुभ साइतमा काटेपछि भोटाहिटीमा राखेर विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ ।

सांसद जीवनराम श्रेष्ठले यस क्षेत्रमा रहेका विभिन्न देवीदेवता तथा जात्रा पर्वले निर्माण भएका सांस्कृतिक परम्परा तथा आस्था विश्वका लागि नै महŒवपूर्ण अध्ययन केन्द्र हुने बताए । उनका अनुसार जात्रा अवधिमा कुमारी घर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुका दस अवतारसमेत देखाइने गरिएको छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु जात्राभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दस अवतार, ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच देखाइन्छ । एक सातापछि इन्द्रध्वजालाई लडाएर पर्व सम्पन्न गरिन्छ ।

परापूर्वकालमा स्वर्गका राजा इन्द्रको आमा वसुन्धरादेवीको व्रतका लागि पारिजात फूलको स्वर्गमा अत्यधिक माग बढेको थियो । त्यसकारण स्वयं इन्द्रमानस्वरूप धारण गरी कान्तिपुरी नगरीको वसन्तपुर आसपास क्षेत्र (हालको शान्ति निकुञ्ज स्कुल)मा आई बगैंचाको मालीलाई सोध्दै नसोधी पारिजातको फूल चोर्न लाग्दा स्थानीयले इन्द्रलाई पाताकसी बाँधेको दृश्यसहितको मूर्ति प्रदर्शन गरिएको इन्द्रजात्राको रमाइलो किम्बदन्तीसमेत पाइन्छ ।

इन्द्रकी आमाले छोरा नफर्किएपछि ध्यान दृष्टिले हेर्दा घटनाबारे थाहा पाएपछि घटनास्थल आई बाँधिएको मान्छे स्वर्गको राजा इन्द्र भएकाले छुटाउन स्थानीयसँग अनुरोध गरेको कथा सुन्न पाइन्छ ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2xvW15P

No comments:

Post a Comment

Post Bottom Ad

Pages