राजधानी संवाददाता/पाल्पा।
जिल्लाका चुनढुङ्गा खानीमा चल्ने टिपरको अत्याधिक गतिले दुर्घटना बढेपछि गति नियन्त्रणको उपाय खोजिएको छ ।
राजमार्गहरुमा दुर्घटना बढेपछि सो मार्गमा चल्ने टिपरलाई ‘टाईम कार्ड’को व्यवस्था गरी निश्चित समयभन्दा छिटो गन्तव्यमा पुग्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा तानसेन–तम्घास खण्डको हार्थाेकदेखि तानसेन हुँदै दोभानसम्म पुग्ने सयम निर्धारण गरिएको छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका स्थानीयहरुको चर्को दबावपछि सि.जी. र सर्वाेत्तम सिमेन्टको खानीबाट ढुवानी गर्ने टिपरहरुलाई ‘टाईम कार्ड’ लागू गरेको हो । हार्थाेकबाट दोभानसम्मको ५० किलोमिटर दुरीका लागि २ घण्टा ३० मिनेट समय राखिएको छ । प्रहरी चौकीमा कार्डमा समय लेखाउने र गन्तव्यमा पुगेपछि देखाउने व्यवस्था गरिएको छ । हार्थोकमा लु २ ख २२६६ को टिपरका चालक रामकुमार लामालाई टाईम कार्ड दिएर समयको पालना गराउन सुरुवात गरिएको छ । कार्डमा उल्लेख गरिएको सयमलाई ख्याल गरी गतिलाई नियन्त्रण गर्ने चालक र प्रहरीलाई प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले निर्देशन दिंदै यसले जिल्लामा दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने बताए ।
जिल्लामा रैनादेवी छहरा, रिब्दीकोट, तिनाउ, माथागढी गाउँपालिमा रहेका चुनढुङ्गा खानीबाट दैनिक एक हजारभन्दा बढी टिपरले चुनढङ्गा ओसार्ने गरेका छन् । टाइम कार्ड अन्य स्थानका टिपरहरु र सार्वजनिक यातायातलाई समेत बिस्तारै टाइम कार्ड लागू गर्ने योजना रहेको प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्युनीकरणमा सहयोगी हुने बन्ने विश्वास प्रहरीले लिएर जिल्ला ट्राफिक कार्यालय पाल्पा प्रमुख डम्बर गिरीले बताए ।
टिपर व्यवसायी र चालकहरुले पनि टाइम कार्ड लागू गर्ने प्रतिबद्धता जनाएका छन् । टिपर व्यवसायीलाई व्यवहारप्रति सकारात्मक हुन जरुरी रहेको र सबै खानीमा चल्ने टिपरमा लागू गर्न माग उनीहरुले गरेकाछन् । खानी क्षेत्रमै चुनढुङ्गा अन्दाजको भरमा बोक्ने हुँदाक्षमता भन्दा कम र बढी हुन सक्ने भएकाले धर्मकाँटा भए राम्रो हुने टिपर व्यावसायी अरविन्द्र पाण्डेले बताए ।
टाईम कार्डले तीव्र गतिलाई रोक्ने, दुर्घटना कमी ल्याउने, यात्रुहरुलाई सहज हुने र ट्रिपर व्यवसाय पनि मर्यादित र व्यस्थित हुने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2OWQ1Kf

No comments:
Post a Comment