एजेन्सी- विश्वमा सबैभन्दा धेरै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको एउटा सुरक्षा कमजोरी पाँच करोड फेसबुक प्रयोगकर्ताहरुको आइडी खतरामा परेको छ। फेसबुकले एउटा बयानमा भनेको छ, ‘ एउटा सुरक्षामा कमजोरीका कारण फेसबुकको एउटा फिचरमा करीब पाँच करोड प्रयोगकर्ताको आइडीमाथि ह्याकिङको खतरा छ।
सुरक्षामाथि खतरा मानिएको फिचरलाई उसले ‘ब्यू एस’ भन्दै आएको छ जसको माध्यमबाट बाँकी अरुको प्रोफाइल कस्तो देखिन्छ भन्ने हो।
फेसबुकले भनेको छ, ‘सुरक्षा कमजोरीका कारण मंगलबार भएको उक्त घटनाबारे प्रहरीलाई जानकारी दिइएको छ।’
कम्पनीका सुरक्षा प्रमुख गोय रोजेनका अनुसार उक्त कमजोरीलाई समाधानको गर्न लागि परेको छ। उनले भनेका छन्, ‘हामी आफ्नो जाँच अहिलेदेखि नै सुरु गरिसकेका छौ। हामीले प्रयोगकरताको आइडि गलत रुपमा प्रयोग गरिएको छ वा उसको सूचना मात्रै चोरिएको हो ? अहिले यो कुरा थाहा छैन। तर हामीलाई के थाहा छ भने यसमाथि साइबर आक्रमण कसरी र कहाँबाट भयो?’
उनले भनेका छन्, ‘सर्वसाधारणको निजी तथा सुरक्षा महत्वपूर्ण हो। हामीबाट जे भयो, त्यसको लागि हामी माफी चाहन्छौ।’
फेसबुकले ल्याएको ‘ब्यू एस’ एउटा प्राइभेसी फिचर हो जसको माध्यमबाट उसले अरुको प्रोफाइल सजिलै हेर्न सक्छ।यसले प्रयोगकर्तालाई थाहा हुन्छ की फेसबुमा साथी, साथीको पनि साथी र सार्वजनिक रुपबाट उसको जानकारी के के देखिरहेको छ।
रोजेनले भनेका छन्, ‘ आक्रमकारीलाई यसबारे कुनै आइडिया आयो र त्यहीको माध्यमबाट यो फिचरमा आफ्नो पहुँच बनायो। यसले उसले अरुको अकाउन्टमा गएर आफ्नो कब्जामा लियो।’
उनी थप्छन्, ‘ एक्सेस टोकन डिजिटल कीहरुको जस्तै हुन्छ जसको माध्यमबाट यो फेसुकमा लग इन हुन्छ र प्रत्येक पटक एपको सहायताले उसलाई पासपोर्ड हाल्नु पर्दैन। त्यतिकै काम हुन्छ अर्थात फेरि फेरि पासवर्ड राख्नु पर्दैन।’
from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2QkANyR
No comments:
Post a Comment