जोशीविरुद्ध महाअभियोग दर्ता गर्न भन्दै नेकपा सांसदहरुको हस्ताक्षर संकलन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

जोशीविरुद्ध महाअभियोग दर्ता गर्न भन्दै नेकपा सांसदहरुको हस्ताक्षर संकलन

४ असोज, काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले सांसदहरुको हस्ताक्षर संकलन गरको छ ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले सांसदहरुलाई संसदको शंकर हलमा बोलाउँदै खाली कागजमा हस्ताक्षर गराएका हुन् ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किए लगतै संसदीय दलका उपनेता सुवास नेम्वाङले परामर्श गरेका थिए । त्यसलगतै हस्ताक्षर संकलन सुरु भएको हो ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च फर्किएका जोशीले राजीनामा दिने बचन तोडेको नेकपाको आरोप छ । सर्वोच्च र्फकनुअघि कानुनमन्त्री भानुभक्त ढकाललाई भेटेका जोशीले एकाध मुद्दा हेरेपछि राजीनामा दिने बताएको नेकपाको दाबी छ ।

तर, आफ्नो बचन तोडेर जोशीले नेकपालाई अप्ठ्यारोमा पारेको भन्दै महाअभियोगको तयारी सुरु भएको हो । ‘हस्ताक्षर संकलन भइरहेको छ । तर, आजै दर्ता हुँदैन’ संसदीय सुनुवाई समितिका सदस्य समेत रहेका एक सांसदले भने ।

स्रोतले भने राजीनामाका लागि जोशीलाई दबाव दिन हस्ताक्षर संकलन गरिएको बताएको छ । यद्यपि राजीनामा नदिए महाअभियोग दर्ता गर्ने योजना छ ।

प्रतिनिधिसभाका २५ प्रतिशत सदस्यले महाअभियोग प्रस्ताव दर्ता गराउन सक्छन् । सत्तारुढ नेकपा गठबन्धनसँग महाअभियोग पारित गराउने दुई तिहाई बहुमत संसदमा छ ।

नेकपा सांसदहरुकै पहलमा संसदीय सुनुवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । त्यसपछि घरविदा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि फेरि सर्वोच्च फर्किएर मुद्दा फैसला गर्न थालेका छन् ।



from Online Khabar https://ift.tt/2xtzkPL

No comments:

Post a Comment

Post Bottom Ad

Pages