यी पाँच राशिका मानिसमा हुन्छ गजबको सेन्स अफ हृयुमर  - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

यी पाँच राशिका मानिसमा हुन्छ गजबको सेन्स अफ हृयुमर 

हाँस्न र हँसाउन सक्नु पनि एक कला हो ।  केही मानिस त्यस्ता हुन्छन् जो सँग भेट्दा मात्र पनि हाम्रो अनुहारमा मुस्कान आउन सक्छ।  यस्ता मानिस जहाँ पुग्छन् त्यहाँ खुशीको वहार ल्याउँछन् ।  यसै कारण यस्ता मानिसलाई सबैले रुचाउँछन् ।  यसरी  परिस्थितिमा पनि  हाँस्न र हँसाउन सक्ने खुबी नै सेन्स अफ हृयुमर हो ।

सेन्स अफ हृयूमर पर्सनालिटीको त्यस्तो विशेषता हो जुन सबैसँग हुँदैन ।  ज्योतिषशास्त्रमा व्यक्तित्वको विशेषता राशिका आधारमा पहिचान गरिन्छ ।  यहाँ त्यस्ता राशिका बारेमा बताइएको छ जसमा सेन्स अफ हृयूमर जन्मजात आएको हुन्छ ।

मेष

मेष राशिका मानिस हँसिमजाक गर्ने मामिलामा अब्बल हुन्छन् ।  यो राशिका मानिस यसरी  जोक्स हान्छन् कि कहिलेकाहीं त अगाडिका मानिसले केही भेउ नै पाउँदैनन् ।  यिनीहरू हरेकका साथ हँसिमजाक गर्छन् ।  यिनीहरूको शब्द मात्र नभएर टाइमिंग पनि यति परफेक्ट हुन्छ कि मानिसहरू नहाँसी रहनै सक्दैनन् ।  यिनीहरू जहाँ जान्छन् त्यहाँको वातावरण हाँसोले गुञ्जायमान बन्दछ ।  मानिसहरू यो राशिका व्यक्तिसँग समय व्यतीत गर्न मन पराउँछन् ।

वृष

वृष राशिका मानिस धेरैजसो समय गम्भीर रहन्छन् तर उनीहरूभित्र जोक्सको भण्डार नै हुन्छ ।  यिनीहरू अरूको मजाक उडाउन पाउँदा सदैव खुसीसाथ अघि सर्छन् ।  आफू हाँस्न होस् वा अरूलाई हँसाउन, यिनीहरू उत्तिकै सक्रिय रूपले अघि सर्छन् ।  आफ्नो हाँसोमा नियन्त्रण राखेर अरूलाई हँसाउन तथा उडाउन सक्नु यिनीहरूको विशेषता हो।

मिथुन

मिथुन राशिका मानिस जोक्स भन्ने मामिलामा उत्कृष्ट हुन्छन् तर यिनीहरू कहिल्यै आफूमाथिको नियन्त्रण गुमाउँदैनन्, होसपूर्वक कुरा गरेरै पनि अरूलाई मज्जाले हँसाउँछन् । आफ्नो विचार मन नपराउने मानिसका अगाडि हँसीमजाक गर्दैनन् ।  क्रोधी स्वभावका भए पनि झैझगडाबाट टाढै रहन रुचाउँछन् ।  यिनीहरूले भन्ने जोक्स सामान्य र सीधा खालको हुन्छ जसलाई बच्चाहरूले पनि सजिलै बुझ्न सक्छन् ।  यो राशिका मानिस आˆना मन मिल्ने मानिसका साथ हाँसखेल गर्दै समय बिताउन मन पराउँछन् ।

सिंह

सिंह राशिका मानिस खुसी रहने तथा जीवनको भरपूर आनन्द लिने कुरामा विश्वास राख्छन्।  यिनीहरूको स्वभाव केही क्रोधी तथा कडा खालको हुन्छ तापनि आˆनो सेन्स अफ हृयूमरका कारण अरूको मनमा घर बसाउन सक्षम हुन्छन् । मेष राशि भएकाहरू जस्तै यिनीहरूमा पनि जोक भन्ने टाइमिंग एकदम परफेक्ट हुन्छ ।  यिनीहरू बिना अर्थका जोक्स पनि मजैले सुनाउँछन्।  यिनीहरूको जोक्स समझदार एवं प्रौढहरूले मात्र राम्रोसँग बुझ्न सक्छन् ।  कसैले आफ्नो जोक्सलाई गलत तरिकाले बुझ्यो भने पनि यिनीहरू त्यसलाई आरामले वा आफ्नो तरिकाले सम्झाउन सक्छन् ।

वृश्चिक

वृश्चिक राशिका जातक अरूसँग हँसिमजाक गर्न र अरूलाई हँसाउन प्राप्त अवसर कहिल्यै गुमाउँदैनन् । यद्यपि मजाकको सिलसिलामा कसैले आˆनो कुरालाई गम्भीरतापूर्वक लिएर निहुँ खोज्न प्रयास गर्यो त्यो कुरो फिटिक्कै मन पराउँदैनन् र हाँसी हाँसी तिनलाई पाताल भासिने गरी जवाफ दिन्छन् ।  यिनीहरू शान्त भएर बस्न पटक्कै रुचाउँदैनन् ।  यिनीहरू जहाँ रहन्छन् त्यहाँ ससाना कुरामा पनि हाँसोको फोहरा छुटिरहेको हुन्छ ।



from Online Khabar https://ift.tt/2xERIEJ

No comments:

Post a Comment

Post Bottom Ad

Pages