राजधानी संवाददाता/बैतडी ।
बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको शिवपूर्ण आधारभूत विद्यालयमा ईलर्निङको माध्यमबाट पठनपाठन सुरु भएपछी पढाई प्रभावकारी भएको छ ।
ईलर्निङको माध्यबबाट पठनपाठन गराउदाँ पठनपाठन प्रभावकारि रुपमा भइरहेको विद्यालयले जनाएको छ । वैकल्पीक उर्जा केन्द्रको ६० प्रतिशत अनुदान र विद्यालयको ४० प्रतिशत लगानीमा विद्यालयमा इलर्निङको माध्यमबाट पठनपाठन सुरु गरिएको विद्यालयमा प्रधानाध्यापक सुरत बहादुर चन्दले बताए ।
चन्दका अनुसार यहि वैशाखदेखी विद्यालयमा ईलर्निङको माध्यमबाट पढाई सुरु गरिएको हो । अडियो र भिडीयोबाट किताबमा भएका विषयवस्तु सुन्न र हेर्न सकिने भएकोले ईलर्निङबाट पढाउदा विद्यार्थीहरु चाडा बुझ्ने विद्यालयका प्रधानाध्यापक चन्दले बताए । विद्यालयमा नेपालि, अंग्रेजी, विज्ञान, गणीत लगाएतका विषयहरु ई–लर्निङको माध्यमबाट पढाईने गरिएको चन्दले बताए । विद्यालयमा सबै कम्प्यूटर कोर्ष पुरा गरेका शिक्षक नहुदा भने पठनपाढनमा अलि समस्या भएको प्रधानाध्यापक चन्दले बताए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Nj203c
No comments:
Post a Comment