लक्ष्मी बैंकले पशुपतिनाथ परिसरमा प्रयोगका लागि २ थान विद्युतीय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो ।
विद्युतीय टेम्पो पशुपतिनाथ मन्दिर परिसरभित्र विषेशगरी वृद्ध र अशक्त भक्तजनको निःशुल्क आवत–जावतका लागि सञ्चालन हुने जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमा बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेपछि सेवा सुरु गरिएको छ ।
लक्ष्मी बैंकले ४६ जिल्लामा ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १ सय ७ एटिएम, ५१ शाखारहित बैंकिङ एजेन्ट तथा २ हजार ५ सयभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।
The post लक्ष्मी बैंकद्वारा पशुपतिनाथ परिसरका लागि विद्युतीय सफा टेम्पो हस्तान्तरण appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2y2pofw
No comments:
Post a Comment