कोलोम्बो । मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयुमलाई उनकै सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजित भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो ।
असी बर्षीय गयुम र उनका छोरा फारिस मौमुनलाई राजधानी मालेमा रहेको उच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
उनीहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यसमाथि गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाई भई जेलमुक्त गरिएको हो ।
हालै भएको निर्वाचनमा ५८.४ प्रतिशत मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका इब्राहिम मोहमद सोलिहले वर्तमान् राष्ट्रपति अब्दुल्लाह यमीनसँग सबै राजनीतिक बन्दीलाई रिहा गर्न गरेको अनुरोधपछि अदालतको सो निर्णय आएको हो ।
from Rajdhani Daily https://ift.tt/2QiypbZ
No comments:
Post a Comment