प्रहरीमा कार्यालय सहयोगीदेखि इन्सपेक्टरसम्मका लागि भर्ना खुल्यो, ७२५६ का लागि अवसर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 1, 2018

प्रहरीमा कार्यालय सहयोगीदेखि इन्सपेक्टरसम्मका लागि भर्ना खुल्यो, ७२५६ का लागि अवसर

राजधानी समाचारदाता
काठमाडौं, १५ असोज

नेपाल प्रहरीले कार्यालय सहयोगी, जवानदेखि इन्सपेक्टरसम्म नयाँ भर्ना खुलाएको छ । जसमा खेलाडीको संख्या पनि उल्लेख्य छ । ७ हजार २ सय ५६ जनाका लागि भर्ना खुलाएकोमा सबैभन्दा बढी प्रहरी जवानमा ६ हजार २ सय ४४ जना रहेको छ । यसैगरी प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जनाका लागि दस्खास्त आह्वान गरिएको छ ।

यसैगरी प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जना माग गरिएको छ । जसअन्तर्गत फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा दरखास्त दिन पाइने छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाका अनुसार यही असोज १८ देखि कात्तिक २९ गतेसम्म दरखास्त फारम बुझाउन सकिनेछ ।

प्रहरी जवान पदका लागि काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने छ ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।



from Rajdhani Daily https://ift.tt/2Rd6qvB

No comments:

Post a Comment

Post Bottom Ad

Pages