दिपक, दीपा, केदार र जितुको र्‍याप - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

दिपक, दीपा, केदार र जितुको र्‍याप

चलचित्र प्रचारका लागि ‘छक्का पन्जा ३’ टिमले विभिन्न तरिका अपनाइरहेको छ । अब, यो टिमले चलचित्र प्रचारका लागि र्‍याप गीत नै तयार गरेको छ ।

चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ गीतको म्यूजिकमा तयार भएको गीतमा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र निर्देशक दीपाश्री निरौलाले र्‍याप हानेका छन् । गीतमा स्वर डेविड शंकरको छ । यो गीत र भिडियोले दर्शक तथा श्रोताको ध्यान तान्ने विश्वास यसको निर्माणपक्षको छ ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्र असोज २४ गते घटस्थापनाबाट रिलिज हुँदैछ । चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।



from Online Khabar https://ift.tt/2xZ3vi1

No comments:

Post a Comment

Post Bottom Ad

Pages