युएईले नेपाललाई दियो २६९ रनको लक्ष्य - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

युएईले नेपाललाई दियो २६९ रनको लक्ष्य

१६ असोज, काठमाडौं । यू-१९ एसिया कपमा नेपाललाई युएईले २६९ रनको लक्ष्य दिएको छ । बंगलादेशमा जारी यू-१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु ठूलो स्कोर पेश गरेको हो ।

युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भयो । उसका फाहड नवाजले ८३ र अन्सले ६७ रन बनाए । ओपनरदोय नवाज र अन्सले १५९ रनको साझेदारी गर्दै युएईको इनिङ्स उकासेका थिए ।
नेपालका लागि बलिङतर्फ नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २-२ विकेट लिए ।

नेपाल र युएई दुबै एसिया कपबाट बाहिरिसकेका टिम हुन् । यसअघि भएको खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको थियो भने अफगानिस्तानसँग ३ विकेटले पराजित भएको थियो ।

युएई भने पहिलो खेलमा अफगानिस्तानसँग ५ विकेटले पराजित भएको थियो भने भारतसँग २२७ रनले पराजित भएको थियो ।



from Online Khabar https://ift.tt/2xQUHKT

No comments:

Post a Comment

Post Bottom Ad

Pages