मुम्बई पुलिसको ठग पात्रमा आमिर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

मुम्बई पुलिसको ठग पात्रमा आमिर

मुम्बई/एजेन्सी– मुम्बई प्रहरीले एउटा विज्ञापनमा ठग पात्रका रूपमा अभिनेता आमिर खानको तस्बिर राख्दा अभिनेता खानले त्यो कार्यको प्रशंसा गरेका छन् ।

अभिनेता आमिर निर्मित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ आगामी तिहारमा रिलिज हुँदै छ । यो चलचित्रमा आमिरले ठगको भूमिका निर्वाह गरेका छन् । उनको ठग पात्रको फोटो विभिन्न मिडियामा आएको छ ।

नजिकिँदै गरेको दसैंतिहारलाई लक्षित गरेर प्रहरीले आमिरको सोही फोटो राखेर विज्ञापन निकालेको छ । जसमा लेखिएको छ, ‘भरोस मेरो स्वभाव हो र ठगका लागि मुम्बईमा कुनै ठाउँ छैन ।’

आमिरको फोटो राखेर ठगहरूका लागि मुम्बईमा कुनै ठाउँ नरहेको भन्दै मुम्बईलाई यस्ता ठगमुक्त ठाउँ बनाउने नारा प्रहरीले अघि सारेको छ ।

यो विज्ञापनलाई धेरैले ठग्स अफ हिन्दुस्तानको प्रचारका रूपमा लिएका छन् । तर, प्रहरीले आमिरको ठग्स अफ हिन्दुस्तानको पात्रलाई आफूहरूको अभियानमा अनुमति लिएर फोटोका रूपमा प्रयोग गरेको बताएको छ ।

उनले यही विज्ञापनलाई ट्वीट गर्दै आफ्नो स्वभावलाई शंका गर्नुभन्दा दिनरात मेहनतसँगै सतर्क रहन अनुरोध गरेका छन् ।

यो विज्ञापनलाई सम्मान गर्दै ठग्स अफ हिन्दुस्तानका अर्का अभिनेता अमिताभ बच्चनले मुम्बईको सुरक्षामा मुम्बई प्रहरीको योगदानलाई आफूले सम्मान गर्दै आएको बताएका छन् ।

प्रहरीले प्रचारमा ल्याएको यो तस्बिरयुक्त सूचनालाई जनताले व्यापक सेयर गरेर सामाजिक सञ्जालमार्फत यतिबेला भाइरल बनाएका छन् । यसरी तस्बिर भाइरल भएपछि आमिरले यस्तो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

 



from Rajdhani Daily https://ift.tt/2O12S1l

No comments:

Post a Comment

Post Bottom Ad

Pages