गर्लफ्रेण्डकी १० वर्षकी छोरीमाथि बलात्कार गर्नेलाई १६० वर्ष जेल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

गर्लफ्रेण्डकी १० वर्षकी छोरीमाथि बलात्कार गर्नेलाई १६० वर्ष जेल

हाम्रो देशमा पछिल्लो समयमा बलात्कारका जघन्य अपराधका घटनाहरु बढिरहेका छन् । उता विश्वको सबैभन्दा विकशित तथा शक्तिशाली देश अमेरिका पनि बलात्कारको मामिलामा कम छैन । हालै त्यहाँ एकजना पुरुषले बालिकामाथि बलात्कार गरेको आरोपमा १ सय ६० वर्षको जेल सजाय सुनाइएकाे खबर प्रकाशमा अाएकाे छ ।

अमेरिकाको जर्जियामा यो घटना भएको हो । एटलान्टामा बस्ने ३४ वर्षका निकोलस डिओन नामका व्यक्तिले आफ्नै गर्लफ्रेण्डकी १० वर्षीया छोरीमाथि बलात्कार गरेको हो ।

१० वर्षीया बालिकामाथि बलात्कार गर्ने डिओनलाई एटलान्टाको अदालतले १ सय ६० वर्षको जेल सजाय हुने फैसला गरेको हो । अदालतले ती व्यक्तिको कार्य निकै शर्मनाक र जघन्य रहेको ठहर गरेको छ । दुई वर्षअघिको घटनामा अदालतले हालै फैसला सुनाएको हो ।

निकोलसलाई १ सय ६० वर्षको जेल सजायँ भएकोमा उनले १ सय ३६ वर्षसम्म पेरोल पनि पाउनेछैनन् । अर्थात् १ सय ३६ वर्षसम्म उनको कैद मिनाहा हुनेछैन र जेलमै बस्नुपर्नेछ । यसको अर्थ अब उनी नमरुन्जेल जेलमै बस्नुपर्नेछ ।

ती व्यक्तिले १० वर्षीया बालिकालाई १० पटक बलात्कार गरका थिए । ८ वर्षको उमेरमा बालिका पहिलोपटक बलात्कारमा परेकी थिइन् । अहिले ती बालिका १३ वर्षकी भएकी छिन् । गत वर्ष १२ वर्षको उमेरमा ती बालिकाले बच्चा जन्माएकी थिइन् । निकोलसको बलात्कारकै कारण ती बालिकामा गर्भ रहन गएको थियो ।

एजेन्सी



from विचित्र संसार – Online Khabar https://ift.tt/2Riaqe7

No comments:

Post a Comment

Post Bottom Ad

Pages