कैलालीमा ब्राउनसुगरसहित दुईजना पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

कैलालीमा ब्राउनसुगरसहित दुईजना पक्राउ

२१ कात्तिक, कैलाली । लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले मंगलबार साँझ धनगढी उपमहानगरपालिका ३ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कञ्चनपुरको पुनर्वास नगरपालिका-११ बस्ने बिसन लामा र धनगढी उपमहानगरपालिका-३ का इन्द्रबहादुर गुरुङ्गलाई ५ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले जानकारी दिए ।

शंकापद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा गतिविधिमाथि शंका लागेपछि चेकजाँच गर्दा ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रण्मा लिएको डीएसपी वलीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।



from Online Khabar https://ift.tt/2F5pDx2

No comments:

Post a Comment

Post Bottom Ad

Pages