विभिन्न विधामा सगरमाथा म्युजिक अवार्ड - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

विभिन्न विधामा सगरमाथा म्युजिक अवार्ड

युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडियाको आयोजनामा सोमबार अबेर सम्पन्न अवार्ड कार्यक्रममा कला संगीत एवं सामाजिक क्षेत्रका व्यक्ति सहभागी थिए ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्ड कार्यक्रमको उद्घाटन वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले गरेका थिए । उनले सगरमाथाको नामबाट सुरु भएको अवार्डले नेपालको कला र संस्कृतिको संवद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा रंगपत्रकारिता गरिहेका सातजना पत्रकारलाई सम्मान गरिएको थियो । त्यसैगरी, ४४ विधामा प्रतिस्पर्धामा आएका कलाकर्मी सम्मानित भए । निर्णायक र एसएमएस भोटिङको आधारमा सम्मानको निर्णय गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । कार्यक्रममा आस्था कला केन्द्र र इलिगेन्स डान्स सेन्टरको प्रस्तुति रहेको थियो ।

कार्यक्रमा पाँच दशकदेखि सांगीतिक क्षेत्रमा समर्पित लोकगायिका चन्द्रकला शाहलाई नगद १७ हजार सय ९६ रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । रंगपत्रकार श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरणप्रसाद अधिकारीलाई कलापत्रकारिताबाट सम्मानित गरियो ।

चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीलाई महिला सशक्तीकरण पत्रकारिता सम्मान प्रदान गरियो । कार्यक्रममा इभेन्ट निर्देशक लवबहादुर कार्की, कोरियोग्राफर अश्विनी झा, अभिनेत्री सोभिता सिंखडा, लोकगायक गणेश गुरुङ, मिसेस एसिया प्यासिफिक चन्दा थापा सम्मानित भएका थिए ।

विभिन्न विधाअन्तर्गत गायक शिव परियार, अञ्जु पन्त, शान्तिप्रिय, सन्तोष श्रेष्ठ, पारु रञ्जित, शान्ता अधिकारी, डेबिट शंकर, मीना निरौला, लोकराज अधिकारी, अर्जुन पोखरेल, राजेन्द्र भट्ट, धर्मराज पोखरेल, नन्दा बस्याल, प्रमोद खरेल, मल्लिका कार्की, शिल्पा पोखरेल, सुव्रतराज आचार्यलगायत सम्मानित भएका थिए ।

The post विभिन्न विधामा सगरमाथा म्युजिक अवार्ड appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2AbCmbM

No comments:

Post a Comment

Post Bottom Ad

Pages