ऊर्जामा दिइने अनुदान राष्ट्रिय वाणिज्य बैंकमार्फत - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

ऊर्जामा दिइने अनुदान राष्ट्रिय वाणिज्य बैंकमार्फत

राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सीका रूपमा काम गर्ने भएको छ । बैंकले नेपाल सरकार र जर्मन सरकारबीच भएको नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सीको काम गर्ने भएको हो ।

आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा अनुदान रकम प्रदान गरिनेछ । जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३० प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने बैंकले जनाएको छ । यस आयोजनाअन्तर्गत कुनै एक इकाइले न्यूनतम १० लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्मको लागत लाग्ने यन्त्र उपकरणको जडानमा सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

यन्त्र उपकरण जडानका लागि राष्ट्रिय वाणिज्य बैंकलगायत अन्य कुनै वाणिज्य बैंकबाट ऋण लिनेगरी यस आयोजनाको सहयोगसमेत लिन इच्छुक इकाइका लागि सम्बन्धित वाणिज्य बैंकमार्फत दरखास्त दिनुपर्ने र यस्तो अवस्थामा माथि उल्लेख गरेभन्दा थप ५ प्रतिशत सहायता रकम उपलव्ध गराइने जनाइएको छ ।

 

 

The post ऊर्जामा दिइने अनुदान राष्ट्रिय वाणिज्य बैंकमार्फत appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2TtxZBM

No comments:

Post a Comment

Post Bottom Ad

Pages