समर्पण ध्यान शिविर हुँदै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

समर्पण ध्यान शिविर हुँदै

नेपाली आत्माहरूको आत्मिक शुद्धिका लागि निःशुल्क गैरधार्मिक ध्यान शिविर आयोजना हुने भएको छ । समर्पण ध्यानका प्रणेता शिवकृपानन्द स्वामीको आध्यात्मिक ज्ञान नेपालमा प्रदान गर्ने चाहनाअनुसार शिविर सञ्चान हुन लागेको हो । शुक्रबारदेखि आइतबारसम्म अर्थात् ७ देखि ९ मंसिरसम्म ध्यान शिविर आयोजना हुने समर्पण ट्रस्ट नेपालले जनाएको छ ।

बुद्धत्वप्राप्त शिवकृपानन्द स्वामी हिमवत्खण्डबाटै दीक्षित व्यक्तित्व हुन् । उनको यो यात्रा ४० वर्षअघि काठमाडौँबाट सुरु भएको थियो । समर्पण ध्यानमार्फत हुने ध्यानशिविर संसारभरि हुँदै आएको निःशुल्क एवं गैरधार्मिक कार्यक्रम हो ।

यो प्राचीन ध्यान अभ्यासमा आधारित भएको बताइन्छ । ध्यानमा कुनै पनि जाति, सम्प्रदाय, धर्म, वर्ण, राष्ट्रियता, उमेर वा लिंगका व्यक्तिले अभ्यास गर्न सक्ने बताइएको छ । अन्तर्मनको शान्ति यात्रा २०१८ नाम दिइएको शिविरमा नकारात्मक भावनालाई समर्पण ध्यान प्रविधिमार्फत हटाउन सकिने बताइएको छ ।

समर्पण ध्यानका संस्थापक एवं जीवित सन्त परमपावन शिवकृपानन्द स्वामीले शिविरका क्रममा प्रवचन पनि दिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

The post समर्पण ध्यान शिविर हुँदै appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2A8uB6A

No comments:

Post a Comment

Post Bottom Ad

Pages