अमिताभ बच्चनले तिरिदिए किसानको साढे चार करोड ऋण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

अमिताभ बच्चनले तिरिदिए किसानको साढे चार करोड ऋण

बलिउड अभिनेता अमिताभ बच्चनले भारतको उत्तर प्रदेशका १३ सय ९८ जना किसानको ऋण तिरिदिएका छन् । ऋणका कारण समस्यासँग जुधिरहेका किसानहरुको साढे चार करोड ऋण तिरिदिएको अमिताभले आफ्नो ब्लगमा उल्लेख गरेका छन् ।

किसानले ‘बैंक अफ इण्डिया’बाट लिएको ऋण एकमुष्ट रुपमा तिरिदिएको ब्लगमा लेखिएको छ । बैंकले ऋण चुक्ताको कागजपत्र अमिताभलाई दिएको छ, जसलाई अमिताभले किसानहरुलाई हस्तान्तरण गर्दैछन् ।

कागजपत्र हस्तान्तरण गर्नका लागि अमिताभले ७० जना किसानलाई मुम्बई बोलाएका छन् । किसानहरुको सहजताका लागि उनले रेलको एक डिब्बा नै रिजर्भ गरिदिएका छन् । उनीहरुलाई अमिताभले २६ नोभेम्बरमा बैंकको कागजपत्र हस्तान्तरण गर्नेछन् । यसै वर्ष महाराष्ट्रका ३५० किसानहरुको ऋण पनि अभिताभले चुक्ता गरिदिएका थिए ।

The post अमिताभ बच्चनले तिरिदिए किसानको साढे चार करोड ऋण appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2TwU7LU

No comments:

Post a Comment

Post Bottom Ad

Pages