बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले जितपुर र गौरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बाराको जितपुरमा न्यु एसडिएस इन्टरप्राइजेज र रौतहटको गौरमा गुप्ता अटोमोबाइल सञ्चालनमा ल्याएको हो ।

कम्पनीका महाप्रबन्धक योगेन गुरुङले ग्राहकको बढ्दो मागका कारण एचएच बजाजको दुई सोरुम सञ्चालनमा आएको बताए । उनले भने, ‘एचएच बजाज देशभरि रहेका ग्राहकका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छ ।’ नयाँ सोरुमको शुभारम्भसँगै, सोरुमले ग्राहकका लागि आकर्षक पुरस्कारहरू पनि प्रदान गरेको थियो ।
The post जितपुर र गौरमा बजाजको सोरुम appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2Ab5n7P
No comments:
Post a Comment