परिवर्तन भयो किलोग्रामको परिभाषा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

परिवर्तन भयो किलोग्रामको परिभाषा

वैज्ञानिकहरुले किलोग्राम (केजी) को परिभाषा परिवर्तन गरेका छन् । अहिले किलोग्रामलाई ले ग्राण्ड के भनिने प्लाटिनियममा आधारित इनगट (पिण्ड) को तौलको आधारमा परिभाषित गरिँदै गएको छ ।

गएको शुक्रबार अनुसन्धानकर्ताले किलोग्रामलाई इलेक्ट्रिक करेन्टमा आधारित भएर परिभाषित गर्ने पक्षमा मत दिएका हुन् । तौल तथा नाप सम्बन्धी महासभा मार्फत यस्तो निर्णय लिइएको हो ।

ले ग्राण्ड के तौल मापनका लागि सन् १८८९ देखि विश्वभर प्रमुख रुपमा प्रयोग हुँदै आएको मापक आधार हो । पछिल्लो समय विभिन्न क्षेत्रमा तौलको यकिन मापनका लागि कठिनाइ भइरहेका बेला किलोग्रामको आधार परिवर्तन गर्नु पर्ने आवाज उठेको थियो ।

ले ग्राण्ड के भन्दा धेरै हदसम्म यकिन मापन दिने इलेक्ट्रिक करेन्टमा आधारित भएर तौलको परिभाषा गर्ने निर्णय गरेका हुन् ।



from विज्ञान/प्रविधि – देशसञ्चार https://ift.tt/2qTT0bU

No comments:

Post a Comment

Post Bottom Ad

Pages