१०१ वर्षीय भगवतीले पाइन् राष्ट्रिय परिचयपत्र - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 20, 2018

१०१ वर्षीय भगवतीले पाइन् राष्ट्रिय परिचयपत्र

 

फिदिम।  गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन् । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन् ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महŒवपूर्ण रहेको बताए । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो ।

‘देशका समग्र सूचना एकीकृत नभएसम्म मुलुकलाई आवश्यक कुरा के हो भनेर बुझ्नसमेत कठिन पर्दछ,’ गृहमन्त्री थापाले भने, ‘तथ्यांककै आधारमा मुलुकको विकास र समृद्धिको योजना तय गर्न सकियो भने मुलुकको विकास तीव्र गतिमा हुन सक्छ ।’

गृहमन्त्री थापाले जनताले विकास, सुशासन, समृद्धि र स्थायित्व चाहेकाले जनचाहना पूरा गर्न पनि राष्ट्रिय परिचयपत्रको ठूलो महŒव हुने उल्लेख गरे । उनले देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढाउन प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

गृहमन्त्री थापाले नयाँ राजनीतिक प्रणाली लागू गर्ने क्रममा केही जटिलता पैदा भएको बताए । उले जटिलतालाई सुशासन कायम भएन भनेर हल्ला फैलाउने कार्य भइरहेको बताउँदै त्यस्ता भ्रम चिर्न आवश्यक रहेको बताए ।

समारोहमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ बाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु हुनु प्रदेशका लागि गर्वको विषय रहेको बताए । उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउँदै संघीयताको सफलताबाट मात्रै जनआकांक्षा पूरा हुने बताए ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दुई वर्षभित्र देशका सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य थालनी हुने जानकारी दिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले सबैै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र सबै नेपालीका हातमा पु¥याउने कार्य पाँचथरबाट प्रारम्भ भएको जानकारी दिए । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने बताइएको छ ।

 

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2A2W4qi

No comments:

Post a Comment

Post Bottom Ad

Pages