काठमाडौं । एकवर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ ।
अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिस र काठमाडौंस्थित लिडरसिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित कोर्ष गत जनवरीमा काठमाडौंमा सुरु भएर सोमबार सम्पन्न भएको हो ।
चालू शैक्षिक सत्र शुभारम्भ काठमाडौंमा भएको थियो भने तीन÷तीन महिनाको अवधिमा हिमाल, पहाड र तराई क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
दोस्रो कार्यक्रम हिमाली क्षेत्र (दोलखा)मा, तेस्रो कार्यक्रम पहाडी क्षेत्र (कास्कीको चिसापानी)मा र चौथो कार्यक्रम तथा दीक्षान्त समारोह (ग्राजुएसन) तराई क्षेत्र प्रदेश २ जनकपुरमा सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा देशका सात प्रदेशबाट २१ युवा नेता सहभागी थिए । विभिन्न राजनीतिक पार्टीका युवा नेता, स्थानीय तह प्रमुख तथा अन्य जनप्रतिनिधि, सामाजिक अभियन्ता, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि छनोट यसका लागि छनोट भएका थिए ।
पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।
नेपालका युवा नेतृत्व अझ प्रभावकारी बनाउन र उनीहरूमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2TmjaRH
No comments:
Post a Comment