पौरखी गोबिन्द - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 20, 2018

पौरखी गोबिन्द

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका–५ स्थित राप्ती अञ्चल अस्पताल परिसरको पाँच बिघा जमिन स्थानीय गोबिन्दप्रसाद बस्यालका माथिल्लो पुस्ताले कहिल्यै पनि हरियो देख्न पाएन ।
अस्पताल स्वामित्वमा रहेको सो जग्गामा यतिबेला गोबिन्दका पौरखी हात परेका छन् । बाँझो जग्गा यतिबेला हरियाली मात्र छैन, वार्षिक लाखौं आम्दानी गराउने साधन पनि बनेको छ ।
राप्ती अञ्चल अस्पतालको पाँच बिघा बाँझो जमिन भाडामा लिएर तरकारी र फलफूल खेती थालेका किसान बस्यालले तीन वर्षबीचमै लाखौं आम्दानी गरेका छन् ।
२०७२ पुसमा अस्पतालसँग सम्झौता गरी तरकारी खेती थालेको पहिलो वर्षमै उनले एउटै बोटमा आठ किलोसम्मको बन्दागोभी फलाए ।

‘सयौं वर्षदेखि बाँझो रहेको उजाड भूमिलाई हरियाली बनाएको छु, वार्षिक ६ लाखभन्दा बढी आम्दानी गरिरहेको छु,’ बस्याल भन्छन् ।
गाउँलेले समेत खेती हुन्छ भनेर नपत्याएको भूमिमा १४ लाख रुपैयाँ खर्चिएका उनले पहिलो वर्षमै ४ लाख रुपैयाँ कमाएको बताए । पहिलो वर्ष बन्दागोभी उत्पादन गरेर ३ लाख तथा काँक्रा र खुर्सानीबाट १ लाखसहित ४ लाख आम्दानी गरेको उनको भनाइ छ । पहिलो चरणमा करिब डेढ बिघा क्षेत्रफलमा तरकारी खेती गरेका गोबिन्दलाई दोस्रो वर्ष भने असफलता हात लाग्यो ।

 

 

दैनिक २ हजारबढीको अग्र्यानिक केरा बेच्दै आएका बस्यालले केराबाट मात्रै यस वर्ष सबै खर्च कटाएर ६ लाख रुपैयाँ आम्दानी गर्ने बताए ।

दोब्बर जमिनमा तरकारी खेती गरेर दोब्बर पैसा कमाउने सोच गरेका उनलाई १० कट्ठामा लगाएको गोभी सबै कुइएपछि उनले आर्थिक क्षति बेहोरे ।
तेस्रो वर्ष सुरु भएयता उनले ५ लाख रुपैयाँको त केरा मात्रै बेचे । अहिले पाँच बिघा क्षेत्रफलमा करिब २ हजार ५ सय केराका बोट छन् । जसमध्ये ६ सय केरा पसाएका छन् । गोबिन्दका अनुसार बीनेम केराको घरीमा १५ देखि ४० दर्जनसम्म केरा फल्ने गरेको छ ।

दैनिक २ हजारबढीको अग्र्यानिक केरा बेच्दै आएका बस्यालले केराबाट मात्रै यस वर्ष सबै खर्च कटाएर ६ लाख रुपैयाँ आम्दानी गर्ने बताए । गोबिन्दले भाडामा लिएको सो घुुसुवा तरकारी बालीअन्तर्गत फूलगोभी, काउली, भान्टा, काँक्रा, अदुवा, भाजी, मूला आलु पनि लगाएका छन् ।
तरकारी पनि अग्र्यानिक उत्पादन गर्ने गरेको उनले बताए । कृषिमा हात हालेको पहिलो वर्षमै जिल्लामै ठूलो फूलगोभी फलाएर सम्मानित भएका गोबिन्दलाई तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट कृषका रूपमा सम्मान गरिसकेको छ ।

उत्पादन भएका काँक्रा, मूला, पानी तान्ने मोटर, औजार कोदालो चोरी हुन थालेपछि उनले बारीमै आठवटा सीसीक्यामरा जडान गरेका छन् ।
पातुखोलाबाट मोटरमार्फत पानी तानेर सिँचाइ गर्दा महँगो भएको बताउँदै आएका उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट यस वर्ष २ लाख ७० हजार अनुदान प्राप्त भएको छ । उनी यो रकम पानीको व्यवस्थापनदेखि उन्नत मलबीउमा खर्च गर्ने सोचमा छन् ।
लाख रुपैयाँ खर्च गरेर खाडीको चर्को घाममा श्रम गर्नुभन्दा हाम्रा उजाड डाँडालाई मलजल गर्न सकिन्छ भन्ने उदाहरण हुन् गोबिन्द । त्यसैले त भन्छन्, ‘श्रम विदेशमा होइन, स्वदेशका उजाड डाँडामा पौरख गरेर आर्थिक अवस्था उकासौं अनि स्वस्थ जीवन बाँचौं ।’



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2A9o3Ve

No comments:

Post a Comment

Post Bottom Ad

Pages