जरिमाना नबुझाए सामाजिक सेवामा रोक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 20, 2018

जरिमाना नबुझाए सामाजिक सेवामा रोक

 

काठमाडौं ।तोकेको दण्ड जरिमाना समयमै नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ ।

जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिमाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक सेवामा रोक लगाउने व्यवस्था गर्न लागिएको हो । कैद वा जरिमाना तथा सरकारी बिगो नतिरेका व्यक्ति पहिचान हुने भएकाले परिचयपत्रमा रोक लगाउन विवरण हेर्न मिल्नेगरी व्यवस्थापन गर्न सरोकार भएका निकायसँग आग्रह गरिएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

फैसला कार्यान्वयन निर्देशनालय निर्देशक वेदप्रसाद उप्रेतीका अनुसार सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेकाले परिचयपत्र वितरण केन्द्रलाई अदालतको केन्द्रीय लगत हेर्न मिल्ने मात्र सम्मको ‘पासवर्ड’ उपलब्ध गराइन्छ ।

लगत कायम रहेका व्यक्तिको कैद वा जरिमाना फछ््र्योट नभएसम्म परिचयपत्र उपलब्ध नगराउने तयारी भइरहेको छ ।

 

 

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2TtvQWU

No comments:

Post a Comment

Post Bottom Ad

Pages