बुटवल, ४ मंसिर ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीका जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कोषहरि निरौलालाई पक्राउ गरेको छ । आयोग टोलीले सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिइरहेको अवस्थामा प्रमुख न्यायाधीवक्ता निरौलालाई घुसवापतको ८० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । आयोग केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मंगलबार कार्यालय खुल्नासाथ घुस लिइरहेको अवस्थामा निरौलालाई पक्राउ गरेको हो ।
उनले ठगी मुद्दा मिलाइदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ । आयोग प्रवक्ता सहसचिव रामेश्वर दंगालले निरौलालाई घुससहित पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिने जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालयले चलाएको ठगी मुद्दामा प्रतिवादी रहेकी एक महिलालाई उन्मुक्ति दिने भन्दै निरौलाले घुस रकम माग गरेको अख्तियारले जनाएको छ ।
from Rajdhani Daily https://ift.tt/2QWo1Y1
No comments:
Post a Comment