सरकारको प्रगति समीक्षा सुरु, विकास खर्च कम - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

सरकारको प्रगति समीक्षा सुरु, विकास खर्च कम

प्रदेश ५ सरकारले चालू आर्थिक वर्षमा भएका कामको प्रगति समीक्षा सुरु गरेको छ । पहिलो चौमासिक सकिँदासम्म प्रदेश सरकारले योजनाअनुसार विकास बजेट खर्च गर्न नसकेको र आगामी दिनमा प्रभावकारी काम गर्नका लागि योजना बनाउने उद्देश्यले समीक्षा सुरु गरेको हो । तीन दिनसम्म चल्ने समीक्षा बैठकमा मन्त्रालयहरूले छुट्टाछुट्टै प्रस्तुति गर्नेछन् ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले प्रगति समीक्षाले आगामी दिनमा प्रभावकारी ढंगले काम गर्नका लागि महत्वपूर्ण हुने बताए । यसअघि मन्त्रालयगत समीक्षा सकिएको थियो । उनका अनुसार अहिले समग्र कार्य प्रगतिका बारेमा समीक्षा हुनेछ । विकासका काम गर्न, कार्यालयहरू स्थापना गर्न जनशक्ति अभाव खेपेको सरकारले पहिलो चौमासिक सक्दासमेत विकासका काम भएका छैनन् । गत ३ फागुनमा गठन भएको प्रदेश सरकारले आर्थिक वर्ष ०७४÷७५ मा समेत विकास बजेट खर्च गर्न सकेको थिएन । चालू आर्थिक वर्षमा पनि विकास बजेट खर्च गर्न सकेको छैन ।

दुई मन्त्रालयको प्रगति समीक्षा
समीक्षाको पहिलो दिन भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री कार्यालयमा प्रगति विवरण प्रस्तुत गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव थानेश्वर गौतम र भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट सचिव रामचन्द्र दंगालले प्रगति विवरण प्रस्तुत गरेका थिए । सचिवको प्रस्तुतिपछि प्रश्न–उत्तरसमेत गरिएको थियो । मन्त्रालयबारेमा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिएका थिए ।
समीक्षापछि प्रगति सार्वजनिक गरिने
प्रदेश सरकारले तीन दिनसम्म चौमासिक समीक्षा गरेपछि प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । यो तीन दिनमा विगतमा बनाएका कार्ययोजनामा कस्तो प्रगति भयो भन्ने बारे समीक्षा हुनेछ । मन्त्री चौधरीले समीक्षाका क्रममा अहिलेसम्मको प्रगतिदेखि समस्याहरूको पहिचानसमेत गरिने बताए ।
चार महिनामा २० बैठक
प्रदेश सरकार गठन भएयता २७ वटा मन्त्रिपरिषद्का बैठक बसेका छन् । गत फागुनमा गठन भएको प्रदेश सरकार मन्त्रिपरिषद्का बैठक साउनभन्दा अगाडि जम्मा ७ वटा बसेका थिए । साउन यता मात्रै २० वटा बैठक बसेका छन् । प्रदेश सरकारका मन्त्रिपरिषद्का २७ वटा बैठकले एक सय २८ निर्णय गरेको प्रवक्ता चौधरीले बताए । तीमध्ये मुख्यमन्त्री कार्यालयबाट पेस भएका एजेन्डा धेरै छन् । त्यसपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेस भएका एजेन्डा रहेका छन् ।
१५ विधेयक पारित, १३ तयार, २७ वटा तयार हुँदै
प्रदेश सरकारको ९ महिनाको अवधिमा दुईवटा संशोधनसहित १५ विधेयक प्रदेश सभाबाट पारित भएका छन् । साउनमा संसद् बैठक स्थगित भएयता प्रदेश सरकारले थप १३ विधेयकको मस्यौदा तयार पारेको प्रवक्ता एवं प्रदेश सरकारका प्रवक्ता मन्त्री चौधरीले बताए । थप २७ वटा विधेयक तयार पार्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति भएर काम अगाडि बढेको उनले बताए । छिट्टै मस्यौदा तयार हुने मन्त्री चौधरीको भनाइ छ । प्रदेश ५ मा ऐन कानुन तथा कार्यविधि गरी एक सय २० कानुन आवश्यक छन् । एक सय २० मध्ये ५५ वटा ऐन आवश्यक भएको मन्त्री चौधरीले बताए ।

मन्त्रिपरिषद्बाट डेढ अर्बको अख्तियारी
केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले डेढ अर्बभन्दा पनि बढी रकम विभिन्न मन्त्रालयलाई खर्च गर्न अख्तियारी दिने निर्णय गरेको छ । गत शुक्रबार बसेको बैठकले एक अर्ब ५५ करोड ५२ लाख ६४ हजार रुपैयाँ खर्च गर्न अख्तियारी दिने निर्णय गरेको हो । ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई आएको सो रकम प्रदेश सभामा अनुमोदनका लागि पेस गर्ने गरी अहिले सम्बन्धित मन्त्रालयहरूलाई खर्च गर्न अख्तियारी दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

समीक्षापछि प्रगति सार्वजनिक गरिने
प्रदेश सरकारले तीन दिनसम्म चौमासिक समीक्षा गरेपछि प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । यो तीन दिनमा विगतमा बनाएका कार्ययोजनामा कस्तो प्रगति भयो भन्नेबारे समीक्षा हुनेछ । मन्त्री चौधरीले समीक्षाका क्रममा अहिलेसम्मको प्रगतिदेखि समस्याको पहिचानसमेत गरिने बताए ।

The post सरकारको प्रगति समीक्षा सुरु, विकास खर्च कम appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2DwpKiN

No comments:

Post a Comment

Post Bottom Ad

Pages