हेराथले गरे सन्न्यास घोषणा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

हेराथले गरे सन्न्यास घोषणा

श्रीलंकाका स्पिनर रंगना हेराथले गालेमा जारी इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनको सन्न्याससँगै १९९९ अघि टेस्टमा डेब्यु गर्ने विश्वका सबै खेलाडी टेस्टबाट बिदा हुनेछन् । उनी १९९९ अघि टेस्ट क्रिकेटमा डेब्यु गरेर मैदानमा सक्रिय रहेका एक मात्र खेलाडी हुन् । उनले कुल ५ सय २२ विकेट लिएका छन् । उनले ९२ टेस्टबाट ४ सय ३० विकेट लिएका छन् भने ७१ एकदिवसीय खेलबाट ७१ विकेट लिएका छन् । त्यसैगरी, उनले १७ टी–२० खेलबाट १८ विकेट हात पारेका छन् ।

डेब्यु मैदानबाटै सन्न्यास
१९९९ मा श्रीलंकाको गालेस्थित क्रिकेट मैदानमा अस्टे«लियाविरुद्ध डेब्यु गरेका हेराथले सोही मैदानमै आफ्नो करिअरको अन्तिम टेस्ट खेल्दै छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा १९९९ अघि डेब्यु गर्ने खेलाडीमा वेस्टइन्डिजका क्रिस गेल र पाकिस्तानका सोएब मलिक मात्र अहिले सक्रिय छन् । भारतीय क्रिकेटर हरभजन सिंहले १९९८ मा टेस्टमा डेब्यु गरेका थिए । औपचारिक सन्न्यास नलिए पनि उनी २०१५ यता भारतीय टिममा पर्न असफल छन् ।

मुरलिथरन टिममा रहँदा ११ वर्षमा २२ टेस्ट मात्र
हेराथले १९९९ मै टेस्टमा डेब्यु गरे पनि मुथैया मुरलिथरनका कारण टिममा निकै कम समय मात्र स्थान बनाए । २०१० सम्म उनले मात्र २२ टेस्ट मात्र खेलेका थिए । यसदौरान उनले ३७.८८ को औसतमा ७१ विकेट लिएका थिए । २०१० मा मुरलिथरनको सन्न्यासपछि भने उनी टिमका नियमित सदस्य बने । पछिल्ला ८ वर्षमा उनले २५.९८ को औसतमा ३ सय ५९ विकेट लिएका थिए ।

पाकिस्तानविरुद्ध सर्वाधिक टेस्ट विकेट
हेराथले डिसेम्बर २०११ मा श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकामा पहिलो टेस्ट जितेका थिए । यस खेलमा उनले ११ विकेट लिएका थिए । २०१२ मा ६० विकेट लिएका हेराथले टेस्ट वरीयतामा नम्बर एक बलरको स्थानसमेत हात पारे । उनले पाकिस्तानविरुद्ध २०१४ मा भएको कोलम्बो टेस्टमा पहिलो इनिङमा ९ तथा दोस्रोमा ५ विकेट लिएका थिए । पाकिस्तानविरुद्ध उनले सर्वाधिक २ सय ३० विकेट लिएका छन् ।

गालेमा सय विकेट पूरा गर्ने लक्ष्य
गालेमा मुरलिथरनपछि सयभन्दा बढी विकेट लिने खेलाडीको कीर्तिमान बनाउने ध्याउन्नमा हेराथ छन् । इंग्ल्यान्डविरुद्ध १ मात्र विकेट लिए उनले मुरलिथरनको कीर्तिमान भेट्टाउनेछन् । उनको राम्रो प्रदर्शनका कारण उक्त कीर्तिमान भेट्टाउने विश्वास लिइएको छ ।

३५ वर्षको उमेरपछि २ सय ३० विकेट लिने एक्ला बलर
हेराथको उमेर ४० वर्ष नाघिसकेको छ । उनले पछिल्लो ५ वर्षमा २ सय ३० विकेट लिएका छन् । उनले ३५ वर्षको उमेरपछि यति धेरै विकेट लिँदै संसारमा बढी उमेरमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले यदि अन्तिम टेस्टमा ५ विकेट लिए भने न्युजिल्यान्डका रिचर्ड हेडली (४३१), इंग्ल्यान्डका स्टुअर्ट ब्राड (४३३), र भारतका कपिलदेव (४३४)लाई पछि छाड्दै सर्वाधिक विकेट लिने विश्वको सातौँ बलर बन्नेछन् ।

  • हेराथबाहेक १९९९ अघि डेब्यु गर्ने विश्वका कुनै पनि खेलाडी टेस्ट क्रिकेटमा छैनन् । उनको बिदाइसँगै टेस्ट क्रिकेटको गोल्डेन पुस्ताको अन्त भएको छ ।
  • एकदिवसीयमा भने १९९९ अघि डेब्यु गर्नेमा वेस्टइन्डिजका क्रिस गेल र पाकिस्तानी सोएब मलिक मात्र सक्रिय छन् ।
  • हेराथको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ५ सय २२ विकेट छ ।

The post हेराथले गरे सन्न्यास घोषणा appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2RCqln1

No comments:

Post a Comment

Post Bottom Ad

Pages