बजार नपाउँदा बारीमै सुक्दै सयपत्री - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

बजार नपाउँदा बारीमै सुक्दै सयपत्री

तिहारका लागि लाखौँ मूल्यका कृत्रिम माला भारतबाट आयात भइरहँदा नेपाली किसानले उत्पादन गरेको फूलले भने बजार पाउन सकेको छैन । तिहारको मुखैमा ढकमक्क फुलेको सयपत्री बिक्री नहुँदा बारीमै ओइलाउन थालेको छ ।

धनगढी–२ का चन्द्रबहादुर नेपालीले ८ कट्ठा जमिनमा लगाएको सयपत्री ढकमक्क फुलेको छ । तर, फूल किन्न अहिलेसम्म ग्राहक नआउँदा चन्द्रबहादुर निराश छन् । ‘फूल बोटमै ओइलिन थालिसक्यो,’ चन्द्रबहादुरले भने, ‘तिहारको दिनसम्म केही बिक्री हुन्छ भन्ने आशा छ ।’ उनले तीन वर्षदेखि व्यावसायिक फूल खेती गरिरहेका छन् । तिहारको सिजनमा पाँच लाखसम्मको कारोबार हुने अपेक्षा रहे पनि बिक्री नहुँदा आधाभन्दा बढी फूल बिग्रन थालेको छ ।

६ कट्ठा आफ्नै जमिन र २ कट्ठा भाडामा लिएर फूल लगाएको चन्द्रबहादुरकी श्रीमती मीरा नेपालीले बताइन् । मनै लोभ्याउने गरी एक हप्ताअगाडिदेखि फुलेको सयपत्री अहिले बोटमै सुक्न थालेपछि दुःख लागेको उनको भनाइ छ । उनले भनिन्, ‘सयपत्री ढकमक्क फुल्दा खुसी लागेको थियो, तर त्यही फूल अहिलेसम्म एउटा पनि बिक्री नभई बोटमै सुक्न थाल्दा दुःख लागिरहेको छ ।’

साढे सात लाखको माला आयात
कैलालीको त्रिनगर भन्सार भएर भारतबाट साढे सात लाख रुपैयाँभन्दा बढी मूल्यका कृत्रिम माला तिहारका लागि आयात भएका छन् । २ हजार ४ सय ६४ किलो कृत्रिम माला भारतबाट भित्रिएको त्रिनगर भन्सार कार्यालयका भन्सार अधिकृत नारायणदत्त जोशीले जानकारी दिए ।

The post बजार नपाउँदा बारीमै सुक्दै सयपत्री appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2PEEgf9

No comments:

Post a Comment

Post Bottom Ad

Pages