१७ वर्षपछि जिम्बावेले विदेशी भूमिमा निकाल्यो जित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

१७ वर्षपछि जिम्बावेले विदेशी भूमिमा निकाल्यो जित

जिम्बावेले बंगलादेशमा जारी दुई खेलको टेस्ट सिरिजमा घरेलु टोलीविरुद्ध पहिलो जित निकालेको छ । जिम्बावेले १७ वर्षपछि विदेशी भूमिमा टेस्ट क्रिकेटमा जित निकालेको हो । मंगलबार भएको खेलमा १ सय ५१ रनको जित निकालेको जिम्बावेको टेस्ट क्रिकेटमा यो ५ वर्षपछिको जित हो । यसअघि जिम्बावेले आफ्नो घरेलु मैदानमा २०१३ मा पाकिस्तानलाई पराजित गरेको थियो । विदेशी भूमिमा भने २००१ मा जिम्बावेले बंगलादेशलाई नै चटगाउँमा पराजित गरेको थियो ।

जिम्बावेले पहिलो इनिङमा २ सय ८२ र दोस्रोमा १ सय ८१ रन बनाएको थियो । बंगलादेश पहिलो इनिङमा १ सय ४३ र दोस्रो इनिङमा १ सय ६९ रनमा समेटियो । जिम्बावेले दिएको ३ सय २१ रनको लक्ष्य पछ्याएको बंगलादेश ३६.१ ओभरमा १ सय ६९ रन बनाउँदा अलआउट भयो । जिम्बावेका लागि लेगस्पिनर मावुताले २१ रन दिएर सर्वाधिक ४ विकेट लिए भने अफस्पिनर सिकंदर रजाले ४१ रन खर्चिएर ३ विकेट लिए ।

बंगलादेशका तजमुल इस्लामले लिए ११ विकेट
खेलमा सर्वाधिक रन जिम्बावेका सिन विम्सिनले बनाए । उनले पहिलो इनिङमा ८८ रन बनाए । अर्को इनिङमा बंगलादेशका लागि इमरुल कायसले ४३ रन बनाए । खेलमा बंगलादेशका तजमुल इस्लामले सर्वाधिक विकेट लिए । उनले २ इनिङमा गरी ११ विकेट लिए । जिम्बावेका लागि दुवै इनिङमा गरेर सर्वाधिक विकेट रजाले लिए । उनले ६ विकेट लिएका थिए ।

The post १७ वर्षपछि जिम्बावेले विदेशी भूमिमा निकाल्यो जित appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2RFanIN

No comments:

Post a Comment

Post Bottom Ad

Pages