गगन थापाको दाबी : बादल गृहमन्त्री रहेसम्म निर्मलाको हत्यारा पत्ता लाग्दैन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

गगन थापाको दाबी : बादल गृहमन्त्री रहेसम्म निर्मलाको हत्यारा पत्ता लाग्दैन

५ मंसिर, महेन्द्रनगर । नेपाली कांग्रेसका नेता गगन थापाले रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेसम्म निर्मला पन्त हत्याको छानविन निष्कर्षमा नपुग्ने दाबी गरेका छन् ।

बुधबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले गृहमन्त्री बादल सयौं निर्मलाका बुवाआमाहरुमाथि कालो बादलका रुपमा मडारिरहेको आरोप लगाए ।

‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ’ उनले भने, ‘एक/डेढ महिनायता भइरहेका एकपछि अर्को घटनामा गृहमन्त्रीले राख्दै गरेको कुराहरु सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा मडारिनुभएको छ ।’

‘यो कालो बादल नहटुन्जेलसम्म पानी पर्नेवाला छैन । पानी नपरेसम्म समाजका फोहोरहरु सफा हुदैनन्’ थापाले थपे ।

सिंगो देश अपराधसित लड्न खोजिरहेका बेला गृहमन्त्रीले मात्र नभई जनताले समेत हारेको उनले बताए । ‘गृहमन्त्री बादललाई जिम्मेवारीबाट हटेर राजनीतिक पूर्वागृह नराखेर आम रुपमा जनतालाई फेरि पनि यो सरकारले शान्तिसुरक्षा दिनसक्छ भन्ने कुराको विश्वास निर्माण गर्न माग गर्छु’ उनले भने, ‘यो उहाँका निम्ति निजी दुःखद घटना होला तर, जनताको विश्वास जोडिने अवस्था आउँछ ।’

कार्यकर्ता भेटघाटपछि थापा निर्मलाका बुवाआमा भेट्न जिल्ला प्रशासन कार्यालय अगाडि धर्नास्थल पुगेका थिए । सरकारको नेतृत्व गरेकाहरुले नै निर्मला हत्या प्रकरण हलुका ढंगले लिएको भन्दै उनले निर्मलाको न्यायका निम्ति सरकार र प्रतिपक्ष दलका नतोहरुलाई भेटेरै कुराकानी गर्ने आश्वासन दिए ।

‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्’ न्यायको लडाइँमा आफ्नो साथ रहेको भन्दै नेता थापाले भने, ‘तपाईहरुको सन्देश प्रधानमन्त्री र कांग्रेस सभापतिसम्म पुर्‍याउँछु ।



from Online Khabar https://ift.tt/2Kq7adW

No comments:

Post a Comment

Post Bottom Ad

Pages