बन्द जुम्ला विमानस्थल थप एक साता खुल्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

बन्द जुम्ला विमानस्थल थप एक साता खुल्ने

दुर्घटनाग्रस्त तारा एयरको जहाज उडाउनका लागि जुम्ला विमानस्थल थप एक सातासम्म खुल्ला गरिने भएको छ । विमानस्थलको स्तरोन्नतीका लागि ८ कार्तिकदेखि जुम्ला विमानस्थल बन्द गर्ने सूचना सार्वजनिक गरिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले जूम्लास्थित डुंडुल चैत्यको उद्घाटन गर्न निजी जहाज ल्याएर विमानस्थलमा अवतरण गराएपछि स्थानीयले चर्को विरोध गरेका थिए । स्थानीयले चर्को विरोध गरेपछि एक साताका लागि खुला गरिएको जुम्ला विमानस्थल फेरी एक साता थप्ने गरी खुला गरिएको हो ।

नागरिक उड्ययन प्राधिकरणले दुर्घटनाग्रस्त जहाज उडाउन्जेलसम्मका लागि विमानस्थल खुल्ला गर्न निर्देशन गरेको थियो । निर्देशनपछि २४ कार्तिकसम्मका लागि विमानस्थल खुला गरिएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले बतए । ‘झण्डै एक महिनादेखि जुम्लामा दुर्घटनाग्रस्त तारा एयरको जहाजको मर्मत भइरहेको छ, अब दुई चार दिनमै मर्मतको काम सकिन्छ’, उनले भने ।

तर विमानस्थल पटक पटक खुलाउने र बन्द गर्ने निर्णयले सवैलाई अन्यौल बनाएको छ । यहाँ नियमित रुपमा चल्ने हवाई जहाजका कम्पनीदेखि सर्वसाधारणलाई अन्यौल बनाएको स्थानीय बताए । चिसो समयमा सिमेन्टको काम नहुने भएकाले छिटो भन्दा छिटो विमानस्थलको स्तरोन्नती गर्ने लक्ष्य लिइएको छ । तारा एयरको जहाज झण्डै ६ महिना अघि दुर्घटना भएको थियो ।

The post बन्द जुम्ला विमानस्थल थप एक साता खुल्ने appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2PRvV81

No comments:

Post a Comment

Post Bottom Ad

Pages