काठमाडौं । नेपाल खानेपानी संस्थानमा संयुक्त कर्मचारी संघर्ष समितिद्वारा जारी आन्दोलनमा ऐक्यबद्धता जनाउने क्रम बढेको छ । समितिका संयोजक रामजी अर्यालको नेतृत्वमा आइतबारबाट सुरु भएको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी महासंघका प्रदेश ३ का अध्यक्ष शिवप्रसाद भण्डारीले व्यवस्थापनलाई छिटोभन्दा छिटो समस्या हल गर्न अनुरोध गरे । उनले संस्थानमा लामो सयमसम्म करारमा कार्यरत कर्मचारीप्रति बेवास्ता गर्नु सम्बन्धित मन्त्रालयदेखि सबैको कमजोरी भएको भन्दै आपत्ति जनाए ।
संघर्ष समितिका सहसंयोजक पदमहरि राईको सञ्चालनमा भएको पहिलो दिनको आन्दोलन शान्तिपूर्ण भएको संघर्ष समितिका प्रवक्ता समीर पण्डितले जानकारी दिए ।
विभिन्न सातबुँदे माग राखी गरिएको आन्दोलनमा देशभरका कार्यालयबाट ऐक्यबद्धता जनाइएको उनले जानकारी दिए । नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराईले देशभर संस्थानमा कार्यरत कर्मचारी एक भएर आन्दोलनमा लाग्न अनुरोध गरे । उनले संस्थान सुदृढीकरण र कर्मचारीको व्यवस्थापन नभएसम्म आन्दोलन फिर्ता नहुने बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेखापाका महासचिवकुलदेव ज्ञवालीले मनोमानी ढंगबाट संस्थान चलाउने छुट कसैसँग नभएको बताए । संस्थानमा व्यापक भ्रष्टाचार बढेको, २०६६ सालदेखि रोकिएको विज्ञापनको नतिजा सार्वजनिक गर्नुपर्ने, महाप्रबन्धकले व्यक्तिगत स्वार्थमा संस्थान चलाएको, हचुवाको भरमा बजेट चलाएको जस्ता माग राखेर आन्दोलन सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।
पहिलो दिनको शान्तिपूर्ण आन्दोलन आइतबार सकिएको जानकारी दिँदै पुनः सोमबार कार्यालय समयमा उपस्थित हुन सबैलाई अनुरोध गरिएको सूचना अधिकारी केदार धमलाले जानकारी दिए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Kdtgjy
No comments:
Post a Comment