तिहारका फूल उपत्यकाका बजारमा (फोटोफिचर) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 6, 2018

तिहारका फूल उपत्यकाका बजारमा (फोटोफिचर)

भनिन्छ, तिहार फूलैफूलको पर्व हो । फूलमालाको अत्यधिक र अनिवार्य प्रयोग हुने भएकाले होला त्यसो भनिएको छ । काग, कुकुर, लक्ष्मी, गोवद्र्धन, म्ह पूजा होस् या भाइटीका होस् फूलको प्रयोग हुन्छ । त्यतिमात्रै होइन घर, पसल वा कार्यालय सजाउन पनि फूलको नै प्रयोग हुन्छ । त्यसैले अरु दिनको तुलनामा तिहारमा फूलको माग अत्यधिक हुन्छ ।

उपभोक्ताको उच्च मागलाई मध्यनजर गर्दै शहर बजारमा जताततै फूलको व्यापार भइरहेको देख्न सकिन्छ । काठमाडौंका कालीमाटी, बल्खु, टुकुचाका तरकारी बजारमा समेत फूलको व्यापार भइरहेको छ । त्यतिमात्रै होइन, असन, जमल, बानेश्वर, मंगलबजार, बालाजुका सडकमा हिँड्दा पनि फूलका भारी बोकेर ग्राहक बोलाउँदै हिँडेकाहरु ठोक्किन आइपुग्छन् ।

फूलको चाड तिहारमा गोदावरी, सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुन्छ । फ्लोरिकल्चर एशोसियसनका अनुसार व्यवसायिक उत्पादन बढ्दै गएकाले अघिल्लो वर्ष जस्तो यस वर्ष फूलको आयात गर्नु नपरेको जनाएको छ ।

 



from Online Khabar https://ift.tt/2PMG8Ci

No comments:

Post a Comment

Post Bottom Ad

Pages