सवारी दुर्घटनामा ७ जनाको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं, २ मंसिर । सुर्खेत, बाँके, कन्चनपुर, भक्तपुर, नवलपरासी (पश्चिम) र बारामा  भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

सुर्खेत गुर्बाकोट नगरपालिका-१ घुमाउनेस्थित सडकमा भे.१ ह ११८६ नम्बरको अटो रिक्शा सडकबाट खसेर दुर्घटना हुँदा सल्यान कालिमाटी गाउँपालिका-४ धुरचौर बस्ने ७५ वर्षीय छबिकुमारी वलीको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । फरार  चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँके जानकी गाउँपालिका-४ खजुरास्थित सडकमा भे.१ त ३९२४ नम्बरको ट्रयाक्टरले भे.६ प ४७२० नम्बरको  मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पुरानो एयरपोर्ट बस्ने २३ वर्षीय प्रियान्सु पौडेलको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा शनिबार बेलुका मृत्यु भएको छ । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीया अनु पौडेलको सोही अस्पातालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर वेतकोट नगरपालिका-१० बस्ने लक्ष्मी बोहोराको खेतमा लालझाडी गाउँपालिका-४ बस्ने रमेश रानाले चलाएको से.१ त ५९७९ नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा बेतकोट नगरपालिका-८ बस्ने १४ वर्षीय सुशील ऐर उक्त ट्याक्टरबाट खस्न गई गम्भीर घाइते भएकाले उपचारको लागि सेती अंचल अस्पताल धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ स्थित सडकमा बा.५ ख ३७६५ नम्बरको बसले रोकी राखेको बा.२ क १६५४ नम्बरको मिनी ट्रकलाई ठक्कर दिंदा मिनी ट्रक अगाडि रोकी राखेको बा.२ क ३९३५ नम्बरको ट्रिप्परमा समेत ठक्कर खाई मिनी ट्रकका चालक काभ्रे बनेपा नगरपालिका-४ नाला का ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सहचालक सोही ठाउँ बस्ने २८ वर्षीय टार्जन श्रेष्ठ समेत गम्भीर घाइते भएकाले शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा दुवै जनाको शनिबार राति मृत्यु भएको छ । तीन वटै सवारी साधन, बस चालक र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पश्चिम) सरावल गाउँपालिका-१ तुल्सीपुरस्थित महेन्द्र राजमार्गमा रोकी राखेको युपी ५३ बिटि ०३९३ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा ना.६ ख ७९८ नम्बरको ट्रक पछाडिबाट ठक्कर खाँदा ना.६ ख ७९८ नम्बरको ट्रक चालक दाङ तुल्सीपुर उपमहानगरपालिका-८ बस्ने ३४ वर्षीय बिनोद बस्नेत गम्भीर घाइते भएकाले उपचारको लागि पृथ्बी चन्द्र अस्पताल परासी पठाएकोमा मृत्यु भएको छ । फरार युपी ५३ बिटि ०३९३ नम्बरको ट्रक चालकको प्रहरीले खोजी  गरिरहेको छ ।

बारा कलैया उपमहानगरपालिका-२७ रामपुरमा बा.९२ प ९०८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ७० वर्षीया धुर्पतीदेवी यादवको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



from Rajdhani Daily https://ift.tt/2OQbqDO

No comments:

Post a Comment

Post Bottom Ad

Pages